गर्मीका कारण शैक्षिक सस्था बन्द गर्दै नवलपरासीका पालिका

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ १९ गते
नवलपरासी । पश्चिम नवलपरासीमा गर्मीका कारण शैक्षिक सस्थाहरु बन्द भएका छन ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले हाल बढिरहेको अत्याधिक गर्मीका कारण पठनपाठन तथा शैक्षिक गतिविधि संचालनमा असहजता भएकोले केही समयलाई शैक्षिक सस्थाहरु बिदा गरिएको बताउनु भयो । बर्दघाट नगर शिक्षा समितीको आज बसेको बैठकले शैक्षिक क्यालेण्डरमा उल्लेख भएको गर्मी बिदाबाट कट्टी हुने गरी मिति जेष्ठ २१ देखि २६ गतेसम्म बिदा गरेको छ ।
त्यस्तै पश्चिम नवलपरासीकै सुनवल नगरपालिकाले पनि गर्मीका कारण जेष्ठ १९ गते देखी २६ गते सम्म नै बिदा गरेको छ । नवलपरासीमा पछिल्लो समय दिउसोको तापक्रम ४१ देखी ४२ डिग्री रहेको छ ।