५० प्रतिशत मुनाफा लिने गरि हिरो बने दिपक।

प्रकाशित मिति:

बलिउडका केहि कलाकारले चलचित्र सफलताको मुनाफा लिने गरेका छन् । विना पारिश्रमिक काम गर्ने उनीहरु मुनाफामा रमाउने गरेका छन् । तर, नेपालमा कलाकारले महंगो पारिश्रमिक लिने गरेतापनि मुनाफामा काम गर्न भने सकेका छैनन् । चलचित्र असफल भए पारिश्रमिक नै नलिने, नाफा भएको खण्डमा मुनाफा लिने हिम्मत गर्न कलाकारले सकेका छैनन् ।तर, अब भने लगातार ५ वटा हिट चलचित्र दिएका कलाकार दिपकराज गिरीले यो जोखिम उठाउने तयारी गरेका छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ चलचित्रमा दिपकराजले सोही शर्त अनुसार काम गर्न लागेका हुन् । यो चलचित्रका लागि दिपकले कुनै पनि रकम लिने छैनन् । तर, चलचित्रको मुनाफाको ५० प्रतिशत लिने तयारीमा उनी लागेका छन् । यसैले दिपकमा आफ्नो लोकप्रियतामा पूर्ण भरोसा गरेको देखिएको छ ।यो चलचित्रका लागि कलाकार केदार घिमिरेले काम गर्ने पनि पक्का भएको वुझिएको छ । चलचित्रको बारेमा अरु केहि पनि खुलाइएको छैन । दिपकले यो चलचित्रमा काम गर्दा अन्य सुविधा पनि पाउने वुझिएको छ । अहिले यो चलचित्रको कथा उनी आफैले लेखिरहेका छन् । चलचित्र ‘गाजलु’ निर्माण गरेर चलचित्र क्षेत्रमा उदाएका निर्माता रोहित अधिकारीले दिपकसँग यो शैलीमा टिमअप गरेका हुन् ।

‘भद्रगोल’ टिमसँग पनि टिमअपको तयारी
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य सिरियल ‘भद्रगोल’को टिमले चलचित्र बनाउने बताएको पनि लामै समय भएको छ । अब, दिपकराज गिरी र उनको टिमले यो टिमसँग पनि टाइअप गर्ने तयारी गरेको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा दिपकराज गिरीको टिम र ‘भद्रगोल’को टिमविच टिमअप हुन लागेको हो । यो चलचित्रको कथा पनि दिपक आफैले लेखिरहेका छन् ।वुझिएअनुसार, दिपक रोहितसँग बनाउन लागेको चलचित्रलाई आगामी बर्षको दशैंमा रिलिज गर्ने तयारीमा छन् भने ‘भद्रगोल’ टिमसँग बनाउन लागेको चलचित्रलाई अर्को बर्षको अन्तिममा रिलिज गर्ने तयारीमा छन् ।‘भद्रगोल’ टिमसँग भद्र सहमती भएपनि लिखिति सहमती भने भैसकेको छैन ।