देशैभरि उत्कृष्ट भएकामा बुटवल महिला जेसिजद्धारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल महिला जेसिजको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजको हालै सम्पन्न महाधिवेशनमा देशैभरिका महिला जेसिज शाखा मध्ये बुटवल महिला जेसिज उत्कृष्ट हुन सफल भएकोमा उक्त कार्यमा सक्रिय भई सफलता हांसिल गरेकामा महिला जेसिजका अध्यक्ष राधिका पोख्रेललाई पूर्व अध्यक्षहरु लगायत कार्यसमिती र सदस्यहरुले दोसल्ला र फूलको गुच्छाले सम्मान गर्नुभएको हो । सम्ममान कार्यक्रममा बोल्दै अधयक्ष पोख्रेलले यो सफलता प्राप्त गर्न सघाउने संस्थापक अध्यक्ष सहित पूर्व अध्यक्षहरु, कार्यसमितीका सदस्यहरु , सदस्यहरु, पत्रकारहरु लगायत मातृ शाखा बुटवल जेसिज र शुभेच्छुक सबैलाई धनयवाद ज्ञापन गर्दै बुटवल महिला जेसिजको अबको यात्रामा पनि सबैको साथ रहिरहनेमा आफू विश्वस्त रहेको भनाई राख्नुभयो । उक्त कार्यक्रममा महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पूर्व अध्यक्षहरु कल्पना जोशी, ओमी पुन, उर्मिला श्रेष्ठ, मन्जु पराजुली, राजुदेवी खनाल, ज्ञानधरा पन्त, मन्जु भुषाल, रुपा पाण्डे लगायतले बुटवल महिला जेसिजको स्थापना देखिको यात्रामा ऐतिहांसिक कार्य गरी महिला जेसिजको शान राखेकामा अध्यक्ष राधिका पोख्रेल सहित सिंगो टिमलाई बधाई ज्ञापन गर्दै टिका लगाईदिनुभएको थियो ।कार्यक्रममा कार्यसमितीका सदस्यहरु र जेसिजका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन महासचिव लक्ष्मी थापाले गर्नुभएको थियो ।