स्कलर्स होम माविले आफ्नो २७ औ बार्सिकोत्सव अवसरमा आज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी अञ्चल अस्पतालमा रहेका ५० जना क्षयरोगका बिमारीहरुलाई राहत वितरण गरेको छ । ईन्ट्राक्ट क्लब अफ स्कलर्श होम सेकण्डरी बोर्डिङ स्कुलको आयोजनामा अस्पतालमा भएको ‘प्रभात फेरी तथा राहत वितरण’ कार्यक्रममार्फत राहत वितरण गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गतपुस १२ गते सरसफाई कार्यक्रम तथा खाना महोत्सब ,पुस १३ र १४ गते विभिन्न अन्तर सदनात्मक खेलकुद , पुस १५ गते सातौ जिल्ला स्तरिय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता र पुस १६ गते विहान रक्तदान कार्यक्रम हुने र दिउसो कार्यक्रमको मूल समारोह हुने विद्यालयका सहप्राचार्य टिकाराम गौतमले जानकारी दिनुभयो ।












