गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर छ : नगर प्रमुख भट्टराई

प्रकाशित मिति:

स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दुधजन्य बस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिका भित्र उत्पादित बस्तुको बजारीकरणमा कुनै समस्या नरहेको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।स्याङ्जाको गल्याङ नगरपालिकामा गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९को समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।गल्याङ नगरपालिकाका नगर प्रमुख भट्टराईले भनुभयो गल्याङ नगरपालिकाले कृषि शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर अगाडि बढेको कुरा बताउनुभयो । उहाँले कृषकका आवश्यकता र समस्याको दिर्घकालिन समाधानका लागि आफू लागि परेको र कृषकलाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

नगर प्रमुख भट्टराईले हाम्रो जस्तो ग्रामिण र पहाडी भेकको विकास कृषि क्षेत्रमा गरिने लगानी र त्यसको प्रतिफलले मात्र सम्भव रहेको तथा कृषि क्षेत्रको विकासले मात्र समृद्धि नगर सम्भव रहेको हुनाले नगरपालिका कृषिमा ब्यबसायीक उत्पादन र प्रबर्द्धनका लागि प्रतिबद्ध रहेको बताउदै कृषकलाई उत्पादन र आयआर्जन सँग जोड्न नाफा परियोजना सन्चालन गरिने भएको र यस परियोजनाका लागि सम्बन्धित मन्त्रालय र कृषि विकास निर्देशनालयसंग सहकार्य गर्ने कुरा बताउनु भयोे ।गल्याङ नगरपालिकाले पकेट र ब्लक क्षेत्र निर्माण गर्दै बीउ श्रोत केन्द्रको स्थापना समेत गरेको छ। पालिकाले आम नागरिकलाई आयआर्जन संघ जोड्ने गरि फलफुल जन्य उत्पादनको विकासका लागि पनि अगाडि बढेको छ । कृषि क्षेत्रको विकासका लागि आइपिएम लगाएतका कृषक तालिमहरु समेत संचालन गरिरहेको छ।

गल्याङ नगरपालिकाले यस आर्थिक बर्षबाटै पालिकाको ११ नम्बर वडामा उत्पादन हुँदै आएको बीउ आलु कार्यक्रम वडा न ४ र ७ मा पनि लागू गर्ने भएको छ त्यस्तै थप वडा न १ मा मकै बिउ उत्पादन,७ मा रहेको सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्दै वडा न १० मा पनि बिस्तार गर्ने, वडा न ७ तरकारी पकेट क्षेत्रबनाउने वडा न ५ मा कोल्डरुम स्थापना गर्ने कुरा बताउनु भयो।कार्यक्रममा गण्डकी प्रदेश कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि क्षेत्रको ब्यवस्थापन र आधुनिकीकरणका लागि गल्याङ नगरपालिका संघ सहकार्य गर्दै अघि बढ्ने र प्रदेश सरकारले सहयोग गर्ने कुरा बताउनु भयो ।प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो ।प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले साङ्गीतिक प्रस्तुती राख्नुभएको थियो भने शनिबार राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुती रहेको थियो । प्रदर्शनीमा सबै कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेका थिए ।

गल्याङ नगरपालिका वडा नं ३ मा रहेको गल्याङ नगरपालिका खेल मैदानमा जारी प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रबेशको व्यवस्था गरिएको पनि जानकारी दिइएको छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार, रु. ८० हजार बचत र १० हजार भन्दा बढि दर्शक भित्रीनु भएको थियो ।गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले र कार्यक्रमको सञ्चालन महासचिव दल बहादुर सिंजालीले गर्नु भएको थियो ।

थप समाचार