न्यु होराइजन कलेज ड्राइभरटोलको- शुभकामना तथा विदाइ समारोह सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा, चैत्र- न्यु होराइजन कलेज ड्राइभरटोल, रूपन्देहीले भव्य समारोहबीच शुभकामना तथा विदाइ समारोह कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूद्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका निम्ति ड्रिमल्याण्ड गोल्ड रिसोर्ट तथा पार्टी प्यालेस मणिग्राममा उक्त कार्यक्रमको आयोजना गरिएको हो । होराइजन गौतम बुद्ध मा.वि. कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्र एवं विद्यार्थी काउन्सिलका अध्यक्ष आविष्कार न्यौपानेको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा होराइजन गौतमबुद्ध मा.वि. व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठ रहनु भएको थियो ।

यसैगरी विशिष्ट अतिथिमा न्यु होराइजन मातृसंस्थाका प्राचार्य एवं न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय रहनुभएको थियो । यसैगरी अतिथिका रूपमा बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, संयोजक डा. नारायणप्रसाद पन्थ, प्रदीप अर्याल, रुद्र भुसाल, वि.एस्सी. प्रोग्राम संयोजक डा. तारानाथ भट्टराई, होराइजन जि.वि.एस. स्कुलका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, शैक्षिक संयोजक जिवनाथ भण्डारी, होराइजन जिविएस एलमुनाइ एशोसिएसनका अध्यक्ष दिपक अधिकारी रहनुभएको थियो भने न्यु होराइजन इ.बो.मा.वि.का उपप्राचार्य राजिव श्रेष्ठ, क्षितिज इन्टरनेशनल कलेजका संयोजक निरज लाकौल, बुटवल मोडेल कलेजका संयोजक दिपक ज्ञवाली, होराइजन गौतम बुद्ध मा.वि.का विभागीय प्रमुखहरू, प्राध्यापक, कर्मचारी एवं कक्षा ११ र १२ का करिव १२०० विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि होराइजन गौतम बुद्ध मा.वि. व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठद्वारा पानसमा दीप प्रज्ज्वलन गरी सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य विद्यालयका उपप्राचार्य इन्द्र प्रसाद भुसालले राख्नुभएको थियो । उहाँले शुभकामना मन्तव्य राख्दै कक्षा १२ का विद्यार्थीहरूको बोर्ड परीक्षा नजिकै आएको हुँदा लगनशील भई परीक्षाको तयारी गर्न उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभयो ।विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले बटवृक्षको विउ कति सानो हुन्छ तर उक्त बिउले जल, मल, माटो, पाएपछि मात्र बिरुवा बन्दछ र त्यही विरुवा सबैलाई छहारी दिन सक्ने बटवृक्षका रूपमा विकसित हुन्छ । यसर्थ सुविचारलाई मलजल गर्दै , आफूलाई सहीबाटोमा हिंडाएर आफूलाई असल नागरिकका रूपमा विकास गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।क्याम्पस प्रमुख लोकनाथ उपाध्यायले लनगशील विद्यार्थी, समर्पित शिक्षक र सचेत अभिभावकको सुसंयोजनबाट उत्कृष्ट नतिजा प्राप्त हुन सक्ने हुँदा यस त्रिकोणात्मक सम्बन्धमा सबैको ध्यान पुग्नुपर्नेमा कुरा बताउनुभयो साथै कक्षा १२ को बोर्ड परीक्षाको तयारी रहेका विद्यार्थीलाई विद्यालय, अभिभावक, शिक्षक एवं आफ्नो शीर उच्च हुने किसिमले अध्ययनलाई अगाडी बढान सुझाव दिनुभयो ।

होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र कसजू श्रेष्ठले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सेवा सुविधा दिने कुरामा कुनै पनि कसर नराखिएको, नराखिने र आगामी दिनमा संस्थालाई अझ अत्याधुनिकरण गर्दै राष्ट्रको सर्वोत्कृष्ट विद्यालयका रूपमा परिचित बनाउने इच्छा रहेको कुरा बताउनुभयो ।कार्यक्रममा विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलाप तथा विद्यालय बाहिर सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्वितीय एवं तृतीय स्थान ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको आधारभूत लेखा तालिम यस वर्ष पनि सञ्चालन गरिएको र उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको कुरा लेखाशास्त्र विषयका विभागीय प्रमुख रवि रानाले जानकारी गराउनुभयो । कक्षा १२ का विद्यार्थीहरूलाई विद्यालयमा विभिन्न चरणमा विभिन्न विषयका विषयगत परियोजना कार्यको प्रतिस्पर्धा गराइएको र उक्त परियोजना कार्यमा प्रथम, द्वितीय एवं तृतीय स्थान हासिल गर्ने समूहलाई प्रमाण–पत्र तथा मेडल प्रदान गरिएको थियो ।

कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई आआफ्नो सेक्सनका सम्पूर्ण विद्यार्थीहरू सहितको लेमिनेटेड फोटो मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि उप–प्राचार्य इन्द्र भुसालको संयोजकत्वमा मूल व्यबस्थापन समिति र आठ वटा विभिन्न उपसमिति बनाई कार्य सम्पादन भएको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी गराउनुभयो । यसैगरी कार्यक्रमलाई रोचक बनाउनका लागि अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारि पराजुलीको संयोजकत्वमा ६६ वटा नृत्य समूह तयार गरिएको थियो भने कार्यक्रममा गीत गायन, नाटक, कविता, मुक्तक, गजल लगायतका विद्यामा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गरेका गरेका थिए । विदाइ समारोह कार्यक्रमको सञ्चालन कक्षा ११ व्यवस्थापन, बिहानी समूहमा अध्ययनरत छात्रा सुश्री स्मारीका थापा र अन्नपूर्ण रानाले गरेका थिए भने कार्यक्रमको संयोजन डा. मुरारि पराजुलीले गर्नुभएको थियो ।