नेतृत्वका लागि गौतम र भण्डारी अलग अलग प्यानल बनाएर चुनावी मैदानमा कोषाध्यक्षमा न्यौपाने निर्विरोध
यमलाल भुसाल -बुटवल – चैत-होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शरु भएको छ । संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमीनु भएको छ । सोमवार भएको उम्मेदवारी दर्तामा संघको कोषाध्यक्ष पदमा वाहेकका पदमा दोहोरो उम्मेदवारी पर।ेको छ ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शरु भएको छ । यही चैत २४ र २५ गते हुने संघको २२ औ साधारण सभा तथा ११ औ अधिबेशन हुने भएको छ ।नयाँ नेतृत्वका लागि सोमवार भएको उम्मेदवारी दर्ता को समय तालिका अनुसार कोषाध्यक्षमा राम बहादुर न्यौपानेको मात्रै उम्मेदवारी परेको छ भने अन्य सबै पदमा दोहोरो उम्मेदवारी परेको छ ।
संघको नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम र प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमीनु भएको छ ।ं
दुवै प्यानलका अध्यक्षका उम्मेदवारले आफनो जित सुनिश्चित भएको दावि गरेका छन । मुलुकमा देखा परेको आर्थिक मन्दीले होटल व्यवसाय पनि थला परेको बेला हुन थालेको संघको अधिबेशनमा दुवै प्यानलका अध्यक्षका उम्मेदवारले व्यवसायीहरुले भोग्नु परेका समस्यामा केन्द्रित हुन दावि गरेका छन ।संघको नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी बाबुराम गौतमले यस क्षेत्रका व्यवसायीका समस्या समाधान र चर्को घर भाडा दोहो कर,र यस क्षेत्रका पर्यटन व्यवसायीलाई टेवा पुराउने गरि बुटवलमा पर्यटन कार्यालय स्थापन लगाएतमा आफनो प्यानलको ध्यान रहने औल्याउनु भयो ।त्यस्तै अध्यक्षका प्रत्यासी लेखनाथ भण्डारीले लुम्बिनी प्रदेशको राजधानी बुटवलवाट सरेसंगै यहाँका व्यवसायीले खेप्नु परेका तमाम समस्याको समाधानमा पहल कदमी रहने औल्याउनु भयो । कोभिडले थलापारेको व्यवसायी संरक्षण गदै रुपन्देहीमा व्यवसायीक एकतामा ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।
संघको वरिष्ठ उपाध्यक्षमा माधव कुमार खनाल र टंक प्रसाद पोखरेल, पर्यटन उपाध्यक्षमा चुत्र बहादुर पौडेल रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष्यमा केशवराज कंडेल, टैक प्रसाद पराजुली प्रकाश, द्धितीय उपाध्यक्षमा प्रेम प्रसाद भटराई, खुमराज ज्ञवाली, महासचिवमा अर्जुन थापा मोहनलाल पाण्डे कोषाध्यक्षमा राम बहादुर न्यौपाने, सचिवमा थम्मन बहादुर भण्डारी, डिल्लीराज अर्याल सह सचिवमा अर्जुन पोख्रेल मोहन बस्याल र सहकोषाध्यक्षमा कृष्ण प्रसाद पाण्डे , माधव ढकाल मैदानमा उत्रिनु भएको छ । संघको १० पदाधीकारी ११ सदस्य सहित २१ पदका लागि ४१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद वस्यालले बताउनु भयो । संघमा १ हजार २ सय ३ जना मतदाता रहेका छन ।












