कपिलबस्तु, २६ चैत्र । प्रारम्भिक बाल विकास सहजकर्ताहरुका लागी ३ दिवसिय बालविकास शिक्षण सिकाई सम्बन्धमा सहजकर्ता तालिम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजना तथा गुडविभ सर्टिफिेशन नेपाल र अन्र्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोमा परियोजना संचान भएका कपिलबस्तु र रुपन्देहीका २० वटा ईट्टा उद्योगका प्रारम्भिक बालविकास सहजकर्ताहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिमको मुख्य उदेश्य बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि स्थानिय स्तरमा रहेका सामग्रीहरुको उपयोगगरी कक्षा कोठाका लागि आवश्यक शैक्षिक सामाग्री निर्माण, बाल विकास र बाल अधिकार, बाल मनोविज्ञान, सहजकर्ताका काम, कर्तव्यका विषयमा केन्द्रित रहेको थियो ।त्यस्तै तालिम समापन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका बालबालिका तथा महिला शाखा प्रमुख शुशिला पन्तले बाल विकास सहजकर्ताहरुलाई तालिम हुन जारुरी रहेको बताउँनुभयो ।
उहाँले सहजकर्ताहरुले बालबिकास कक्षा संचालननका सीप सम्पन्धि तालिम अति नै आवश्यकता र महत्व रहेको भन्दै संस्थाले निकै नै जोखिम पूर्ण क्षेत्रमा प्ररम्भिक बालविकास संचालन गरेर उदहारणिय काम गर्दै आएको बताउंनुभयो ।
त्यस्तै उहांले अब तालिम पश्चात सम्बन्धित बाल विकास केन्द्रले एक नमुना बाल विकास केन्द्र बनाउनका लागि सहभागीलाई उत्प्रेरणा मिल्नेमा जोड दिनुभयो ।

त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नेपालका सचिव नारायण पौडेलले संस्थाले लामो समयदेखि श्रमिक र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताउँनुभयो । उहाँले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चितहुनु हुँदैन भन्दै आफुहरुले उद्योगमा प्ररम्भिक बालविकास संचालन गर्ने गरेको र उमेर पुगका बालबालिकालाई विद्यायमा भर्ना समेत गरेको जानकारी दिनुभयो ।
त्यस्तै ईट्टा उद्योगका बालबालिकालाई शैक्षिक सहायता कार्यक्रमका परियोजना फिल्ड अधिकृत दिबास घिमिरेले सहभागिहरुको सक्रिय सभागिताका लागि धन्यवाद दिदै तालिम सिकेका सिपहरुलाई व्यवहारमा उतर्नुपर्नेमा जोड दिदै, तालिमको बास्तविक औचित्य आफ्नो कार्यक्षेत्रमा कार्यान्वय भए पश्चात मात्रै तालिमको उदेश्य पुरा हुने बताउँनुभयो ।
विहिबार देखि शनिबारसम्म संचालित तालिममा प्रशिक्षक दुर्गा प्रसाद अर्याल, सेतो गुराँस बालविकास सेवा कपिलबस्तुका प्रशिक्षकद्वय अनिता शर्मा र भगवती थापा क्षेत्रीले सहजिकरण गर्नुभएको थियो । भने संस्थाक अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता तथा बालसंरक्षण अधिकृत कमल सिंह थारुको संचालनमा सम्पन्न भएको थियो ।










