लैङ्गिक हिंसा सहने होईन : नगर प्रमुख गुरु प्रसाद भट्टराई

प्रकाशित मिति:

टिकाराम अधिकारी-गल्याङ,स्याङ्जा-समाजमा हुने गरेका लैङ्गिक हिंसा सहने होईन त्यसका विरुद्व शंसक्त आवाज उठाउनु पर्ने कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।नयाँ गोरेटो संस्थाको आयोजनामा आयोजित लैङगिक हिंसा बिरुद्वको सचेतना तालिम मंगलबार गल्याङ बहुमुखी क्याम्पसमा उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।नगर प्रमुख भट्टराईले भन्नु भयो हामीले आफ्नो घर गाउँ समुदायमा हुने लैङ्गिक हिंसाका विरुद्व एक भएर समस्याको समाधानमा लाग्नु पर्ने कुरा बताउनु भयो । गल्याङ नगरलाई कसरी हिंसा रहित नगरपालिका निर्माण गर्न सकिन्छ र न्यायको पक्षमा काम गर्न सकिन्छ भन्ने पक्षमा आफू लागि परेको कुरा बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र गल्याङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई लगायतले बोल्नु भएको थियो ।तालिममा घरेलु हिंसा ,जातिय भेदभाव तथा छुवाछुत ,बोक्सीको आरोप ,मानब बेचविखन तथा ओसार पसार, कार्यस्थलमा हुने यौनजन्य दुवृयवहार,विद्युतीय कारोबार, मुलुकी अपराध सहिता,अपराध पीडित संरक्षण ऐन, बालवालिका सम्बन्धी लगायतका विषयमा तालिम सञ्चालन गरिएको थियो । तालिममा गल्याङ बहुमुखी क्याम्पसका १०० जना विदार्थीहरुको सहभागीता रहको कार्यक्रममा जिल्ला न्याधिस रमाकान्त ज्ञवाली र शाखा अधिकृत रामचन्द्र उपाध्याय,लेखाअधिकृत प्रकाश खनाल लगायतले प्रशिक्षण गर्नु भएको थियो ।नयाँ गोरेटो संस्थाका अध्यक्ष मञ्जु भूषालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सदस्य अनु बस्यालले र कार्यक्रमको सञ्चालन साधना न्यौपानेले गर्नु भएको थियो ।