सुदिप गौतम । बुटवल -पछिल्लो समय बुटवल बाट आधा दर्जन भन्दा बढी टेलिचलचित्र निर्माण भैरहेको छ । सबैले आफ्नो हिसाबले लोकप्रियता कमाईरहेका छन । कुनै समय नेपाली नाटक भनेर नाक खुम्च्याउने दर्शकहरु हिजो आज यूटुबमा आउने सिरियलहरुलाई निकै मन पराईरहेका छन। एक हिसाबले भन्ने हो भने अहिले नेपाली टेलिफिल्महरुको क्रेज वात्तै बढेको छ ।
यसै क्रममा बुटवल बाट निर्माण भएको पारिवारिक सम -सामहिक बिषयमा हास्य टेलीचलचित्र “यो संसार “प्रसारणमा आएको छ । अन्तरजातीय बिवाह गरेका दम्पतिमा परेको झगडालाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ । समसामाहिक बिषयमा कथा निर्माण हुने हास्य टेलीचलचित्र “यो संसार ले आफ्नो प्रसारणको ३ भाग पुरा गरेको छ ।
ओमी म्युजिक स्टुडियोको निर्माण भएको उक्त सिरिज हरेक बुधबार साझ ७ बजे ओमी म्युजिक स्टुडियो युटूब बाट प्रसारण हुने गर्दछ। मनोज खड्काको लेखन निर्देशनमा बनेको उक्त सिरियलका लेखेक तथा निर्देशक खड्काले आफुहरुको टीमले सक्दो मिहेनत गरेको र आगामी दिनमा झनै ससक्त भएर कथा बुनेको निर्देशक खड्काले बताए । सिरियलमा नानीमाया मागर ,सुनिता के सी ,सपना तारामी ,पदमा पाण्डे मनोज खड्का लगायतका कलाकारको अभिनय रहेको छ । छायांकन र सम्पादन दिपक परियारले गरेका छन् । ओमी म्युजिक स्टुडियो ले बिभिन्न गित संगीत म्युजिक भिडियो र छोटा चलचित्र उत्पादन गर्दै आईरहेको छ। सिरियलको सफलताको कामना । हेरौ बुधबार प्रसारण भएको पच्छिलो सिरिज












