अराज सिहं बेल्बासे पौष कपिलबस्तु
कपिलबस्तुको शिबराज नगरपालिका ३ मा रहेको ऐतिहासिक स्थल सोनवागढ क्षेत्रको उत्खन्नको काम सुरु भएको छ ।लुम्बिनी बिकासको तथा पुरातत्व बिभाग काठमाडौले सोनावागढ क्षेत्रमा उत्खन्नको काम सुरु गरेको हो । बुद्ध सँग सम्बन्धित बिभिन्न आकृतीहरु फेला परे पछि सोनवागढकोे इतिहास र संरचना निर्माणको आधार पत्ता लगाउन उत्खनन गर्न लागिएको लुम्बिनी बिकासकोर्षका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले जानकारी दिनुभयो मङगलबार बाट सुरु भएको उत्खन्न पौष २० गते सम्म रहने लुम्बिनी बिकासकोषका पुरातत्व अधिकृत कृष्ण बहादुर केसीले जानकारी दिनु भयो । सोनावागढ क्षेत्रमा करिव १५ सय बर्ष पुराना सिक्का हरु भेटिए पछि सोनावागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी बिकासकोष सँग पहल गरेको कपिलबस्तुका प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भयो ।
गत बर्षदेखी नै लुम्बिनी बिकासकोषले संरक्षण क्षेत्रको रुपमा सोनवागढ उत्खन्नको प्रकृया सुरु गर्दै ऐतिहासिक क्षेत्रको नदिकटान क्षेत्रमा तटबन्ध गरेको थियो । संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । अहिले पनि सोनावागढ मन्दिर आसपास पुराना इँटाहरु प्रस्टै रहेका छन ।
परिक्षण उत्खन्न सुरु गरिएकोले यो चरणले कहिले देखी मानव कृयाकलाप सञ्चालन रहेको छ भन्ने बारेमा जानकारी मिल्ने पुरातत्व अधिकृत केसीले जानकारी दिनु भयो ।
उत्खन्नको समयमा तिलौराकोटमा रहेका अन्तराष्टिय पुरातत्वविद हरुले समेत सोनावागढ अवलोकन गर्ने र उत्खन्नको प्रकृया सकिए पछि परिक्षण प्रकृया तथा रिपोर्ट जेठ सम्ममा आउने अधिकृत केसीले जानकारी दिनु भयो ।
कपिलबस्तुको प्रमुख धार्मीक स्थल सोनवागढ मन्दिरको उत्खन्न पछि अझै यसको प्रचार प्रसार तथा प्रर्यटकको मन तान्ने प्रदेश सांसाद अर्जुन केसीले जानकारी दिनु भयो सोनवागण मन्दिरको उत्खन्न सँगै कपिलबस्तुको अर्को ऐतिहासिक शिबगढी किल्लाको समेत विज्ञहरु बाट परिक्षण गर्ने केसीले जानकारी दिनुभयो ।












