काठमाडौं, वैशाख – नेपाली कांग्रेसका नेता एनपी साउदलाई परराष्ट्र मन्त्री बन्ने भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री दाहालले साउदको नाम सपथका लागि राष्ट्रपति कार्यालयलाई पठाइसकेको र आइतबार ३ बजे शपथको कार्यक्रम तय भएको बताइएको छ।
स्रोतका अनुसार कांग्रेसले बाँकी मन्त्रीको नाम भने बैशाख १० को उपनिर्वाचनपछि पठाउने भएको छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो ।यसअघि कांग्रेसबाट उपप्रधान एवम् रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, डा। प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री र रमेश रिजाल उद्योगमन्त्री बनिसकेका छन्।












