उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपिल

प्रकाशित मिति:

काठमाडौँ । प्रेस काउन्सिल नेपालले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चार माध्यमलाई अपिल गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले स्थिर समय सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डारब्यानर, श्रव्यदृश्यलगायतका सामग्री मौन स्थिर अवधिमा सञ्चार माध्यमबाट प्रकाशनरप्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्नरनगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।निर्वाचन आचारसंहिता लागु भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई आज ९बिहिबार० २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट चुनावी विश्लेषणका नाममा ‘।।।राम्रो मतान्तरसहित जित्ने सम्भावना’, ‘।।।अग्रता’ जस्ता शीर्षकमा स्थलगत अध्ययनको दाबी सहितका कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुनेगरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चार माध्यमलाई २४ घण्टे पत्र काटेको हो ।काउन्सिलले सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ, मर्यादितरूपमा सम्पन्न गर्न सघाउन भनेको छ ।यही वैशाख १० गते आइतबार बारा क्षेत्र नं। २, चितवन क्षेत्र नं। २ र तनहुँ क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

थप समाचार