बेन्जामिन नेतान्याहुको सरकार विघटन

प्रकाशित मिति:

एजेन्सी \ इजरेलको संसदले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार विघटन गरेको छ । सरकार विघटनसँगै निर्वाचन तालिकाभन्दा ८ महिना अघि आगामी अप्रिल अन्त्यमा निर्वाचन हुने भएको छ । सरकार मुलुकमा लोकतन्त्र स्थापनामा असफल भएको भन्दै प्रतिपक्षी दलले प्रधानमन्त्री नेतान्याहुको चर्को आलोचना गरेका छन् । यद्यपी सरकारले अमेरिकी दुतावास तेल अभिभबाट जेरुसेलम सार्नुलाई प्रमुख उपलब्धि रहेको दाबी गरेको छ । मुलुकलाई विश्व समुदाय माझ बलियो शक्तिका रुपमा उभ्याएको प्रधानमन्त्री नेतान्याहुले दाबी गर्नुभएको छ ।