लायन्स क्वल सामाजिक र सिर्जनात्मक कार्यमा सरिक हुन्छ-प्रदेश सांसद भट्टराई
लायन्स क्लव अन्तराष्ट्रिय क्लव भएता पनि सामाजिक, सांस्कृतिक ,भौतिक विकास निर्माण संगै सिर्जनात्मक अभियानमा निरन्तर क्रियाशिल संस्था भएकाले यसलाई निरन्तरता दिन गण्डकी प्रदेश सांसद महेस भट्टराईले जोड दिनु भयो ।शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.२ हुलाकेडाँडामा लायन्स क्लव इन्टनेश्नल डिस्टिक ३२५ एम डि ३२५ नेपाल अन्र्तगत लायन्स क्लव अफ गल्याङ सिटीको १३ औं अधिबेशन तथा पारिबारिक बनभोज कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।उहाँले लायन्स क्लवले भानुभक्त आचार्य माविमा र जिरो किीमा खानेपानी धारा तथा विभिन्न मठमन्दिर तथा सार्वजनिक ठाउँहरुमा वृक्षारोपण, आँखा शिविर तीज महोत्सव दीन दुःखीलाई नगद तथा खाद्यान्न सहयोग जस्ता क्रियाकापमा सहभागी भएको राम्दी र उत्तरबाहिनी क्षेत्रमा वासिङमेसिन तथा आक्वागाड लगायतका सामग्री वितरण गरेर विगत १३ वर्ष अगाडि देखि समाजमा स्रहानीय कार्य गरेको प्रति धन्यवाद व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो भोलिका दिनमा पनि मानवीय सेवामा सरिक हुन र सेवाभावले ओतप्रोत व्यक्तिहरुको साँझा संस्था भएकाले धेरै भन्दा धेरै सहयोगी मनहरुलाई जोड्दै अगाडि वढ्न आग्रह समेत गर्नु भएको थियो ।आफू पनि लायन्समा लागेका कारण वडाअध्यक्ष हुँदै प्रदेश सांसद बन्न सफल भएको बताउदै धेरै साथीहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा लायन्सले महत्वपूर्ण भूमिका खेल्दै आएको र प्रत्येक वर्ष अधिबेशन र सबैको अध्यक्ष बन्ने पालो आउने भएकाले सबैले अबसर पाउने कुरा पनि बताउनु भयो ।१३ औं अधिबेशनले प्रितम खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ जसको प्रथम उपाध्यक्ष सु.यौं बहादुर राना,द्वितिय उपाध्यक्ष ददिराम पाण्डे,तृतिय उपाध्यक्ष सुमित्रा खड्का,सचिव सूर्य भट्टराई, सह सचिव महेन्द्र पाठक, कोषाध्यक्ष धर्मराज भट्टराई(धनपति),मेम्बरसिपचेयर प्रसन नामदेव खनाल,निर्देशक डाइरेक्टर शिवराज भण्डारी,रमेश बस्याल,आिर ओ विष्णु अधिकारी, सदस्यहरु सन्तोस भण्डारी, राजिब खनाल, नुमन गहतराज यज्ञ प्रसाद अर्याल रहनु भएको छ भनि स्याम प्रसाद बस्यालको संयोजकत्वमा १० सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ ।लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रितम खड्काले र ध्वजाको अभिवादन महेन्द्र पाठकले र कार्यक्रमको सञ्चालन सचिव सूर्य भट्टराईले गर्नु भएको थियो ।












