फेक अडियो बनाउनेलाई कारबाही माग गर्दै डा. आरजु देउवाले दिइन साईबार व्यूरोमा निवेदन

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानविन गरी दोशीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्यूरोमा निवेदन दिनु भएको छ।आज उनले साईबार व्यूरो भोटाहिटीमा केही संचार माध्याम र सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उदश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको छ । ‘

विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भूटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोशी माथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।