आफुहरुलाइ थाहा नदिएको जनप्रतिनिधिहरुको गुनासो |

प्रकाशित मिति:

राष्ट्रिय पुननिर्माण प्राधिकरण अर्घाखाँचीले कँहा कसरि काम गरेको छ भन्ने आफुहरुलाइ जानकारीनै नभएको अर्घाखाँचीका जनप्रतिनिधिहरुले बताएका छन । राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट बन्न लागेका विद्यालय भवनहरु कहा कसरि बनदैछन भन्ने समेत आफुहरुलाइ थाहा नदिएको जनप्रतिनिधिहरुको गुनासो छ । भुमिकास्थान नगरपालिका वाड नम्वर ३ धारपानीमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयको भवन बनाउनकालागि शिलान्यास भइसकेको तर नगरपालिकालाइ जानकारीनै नभएको नगरप्रमुख रेशम थापाले बताए । स्थानीयतहलाइनै जानकारी नदिइकन भवनका शिलान्यास भइरहेका छन । बास्तविक भूकम्प पिडीतहरुले राहात पाउन नसकेको अर्घाखाँचीका जनप्रतिनिधिहरुले बताएका छन । भुकम्प प्रभावित क्षेत्रका वास्तविक लाभग्राहीहरुले अझै पनि राहत पाउन नसकेको ,सरकारले निजी आवास निर्माणको मापदण्ड तोक्नु अघि आफ्नै लगानीमा घर बनाएकाले सरकारको मापदण्डको दायरामा पर्न नसकेको गुनासो समेत गरेका हुन । अर्घाखाँचीमा भुकम्पले क्षती भएका ११ सय ९९ घरहरु निर्माण हदैछन । तर केहि भुकम्प प्रभावितहरुले प्राधीकरणले भने अनसारको मापदण्डमा घर बनाउन नसक्ने भन्दै प्रथम र दोस्रो किस्ताको रकम नलगेको शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीले बताए । जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भबन आयोजनाका उपनिर्देशक झप्पर सिंह बिक, राष्ट्रिय पुननिर्माण प्राधिकरणका उपसचिब मनोहर घिमिरे, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, जिल्ला आयोजना कार्यन्वयन ईकाइ प्रमुख बलराम मिश्र, ईन्जीनियर शन्तोष भुसाल लगायतले मन्तब्य राखेका थिए ।