चापाकोट १० मा १ हप्ते क्षमता, नेतृत्व विकास एवम उद्घघोषण सम्बन्धि तालिम सप्पन्न

प्रकाशित मिति:

चापाकोट- बोटेटार उधमशिल महिला कृषक समुहको आयोजनामा आयोजित १ १ हप्ते क्षमता, नेतृत्व विकास एवम उद्घघोषण सम्बन्धि तालिम समापनमा बोल्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाणले९इस्वर० महिलाहरुको क्षमता विकास गर्ने सके समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सजिलो हुने बताउनु भयो ।महिलाहरुलाई चुल्होचौका देखि समाजका सामाजिक काममा सक्रिय सहभागि गराउने र समाज परिवर्तन गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य माझी ,नेपाली काङ्ग्रेस वडा १० का सभापति गणेश पङेनी ,जनज्योति माविका प्राचार्य गुरु पङेनी लगाएतले तालिममा सिकेका सीप व्यवाहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

तालिममा गोपीकृष्ण रेग्मी , इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी निरीक्षक शालिकराम खनाल गोविन भट्टराई लिभिङ , विज्ञान पोखरेल ,भुवन भण्डारी ,दिपक भण्डारी ,दिपेश भण्डारी लगाएतले प्रशिक्षण दिनुभएको थियो । ७० जना सहभागी तालीममा सविता रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिना श्रेष्ठ अनुभव मिना भण्डारी ,विष्णु पङेनी र कार्यक्रम सन्चालन सिर्जना गैह्रे र सविता भट्टराईले गर्नुभएको थियो ।