कुलपानी पार्कलाई नमुना पार्क बनाउने गाउँपालिका अध्यक्षको भनाई

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-असार २३,  दाङ-गढवा गाउँपालिका अन्तरगत बडहरामा रहेको कुलपानी हरित पार्कलाई नमुना पार्क बनाउने गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताउनु भएको छ ।पार्कको आकर्षण बढाउन सो प्लान्ट देखी सुन्दर फुलका विरुवा रोपणमा गढवा गाउँपालिकाले सहयोग गरेकोमा सो विरुवा तथा सो प्लान्ट रोपणकार्यको उद्घाटन गर्दै सो योजना बारे अध्यक्ष पोख्रेलले बताउनु भएको हो ।कुलपानी हरित पार्कको सुन्दरतालाई बढाउनका लागि यस आर्थिक वर्षमा वन बातावरण शिर्षकको बजेट बाट गाउँपालिकाले करिव ६ लाख बढि सहयोग गरेको छ ।विभिन्न प्रजातिका फुल तथा सदावहार हरियो रहने विरुवाको रोपण संगै पार्कको आकर्षण बढाउन बाटो तथा नालीको समेत निर्माण गरिएको छ ।

गढवा गाउँपालिकाले पर्यापर्यटनको विकासको लागि कुलपानी पार्कलाई आर्थिक, नैतिक तथा सामाजिक तवरले सहयोग बडाएकोमा जनप्रतिनिधि, कर्मचारीलाई पार्क ब्यवस्थापन समितिका अध्यक्ष नवराज शर्माले धन्यवाद ज्ञापन गर्नु भएको छ ।कुलपानी सामुदायिक वन उपभोक्ता समुह बडहराकोे कुलपानी हरित पार्क, सिमसार संरक्षण, बन्यजन्तु संरक्षण, वनमा आधारीत आय आर्जनको कार्यक्रम, दिगो वन ब्यवस्थापन कार्य सफल मानीदै आएको छ । यस आर्थिक वर्षमा दाङ जिल्ला प्रथम वनको रुपमा समेत कुलपानी वन समुह रहेको छ ।