बर्दघाटको वडा नम्बर नौ बालमैत्री घोषणा हुने

प्रकाशित मिति:

असार २८ गते
नवलपरासी । बर्दघाट नगरपालिकाको वडा नम्बर नौ असार २९ गते शुक्रबार बालमैत्री घोषणा हुने भएको छ ।

” बालबालिकामा लगानी ल्याउछ सुनौलो बिहानि” भन्ने नारा सहित सुरु भएको बालमैत्री अभियान बर्दघाट नगरपालिका वडा न ९ ले विभिन्न चरणहरु पुरेको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो । उहा भन्नुहुन्छ-“हामीले पाच/छ बर्षसम्मको अथक प्रयास पछि बाल मैत्रीका सुचकहरु पुरा गरेका छौ ।”

वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका- २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि -२०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ ।

स्वास्थ्य चौकी ,वार्ड , बिधालय र समुदायमा नगर तथा जिल्लाले अनुगमन कार्य सम्पन्न भएको बालमैत्री फोकल पर्सन बाबुराम तिमिल्सिनाले बताउनु भयो । तिमिल्सिनाका अनुसार-“वडाले पुरा गर्नु पर्ने सम्पुर्ण सुचकहरु पूरा भएका छन । औपचारिक कार्यक्रमबाट घोषणा गर्न बाकी छ । जुन २९ गते शुक्रबार गर्छौं ।”

वडाले शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा दुर्गा मन्दिरको सभाहलमा घोषणा सभा हुने भएको छ ।