धारपानीमा पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक महामहोत्सव सञ्चालन हुने

प्रकाशित मिति:

विमल योगी-दाङ,३१ असार । दाङको धारपानीमा पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ । अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव घोराही ५ धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुन थालेको हो । मन्दिरको प्रचार प्रसार तथा धर्म र धार्मिक आस्था तप सुढृड बनाउने उदेश्यले साउन २ गतेदेखी ३१ गते सम्म सञ्चालन गरिने पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको साउन २ गते दिउसो एक बजे उद्घाटन गरिने महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । सो महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिने कार्यक्रम रहेको छ । भने वाराणसी समूहले प्रत्येक दिन वेलुकी ६ बजेदेखी ७ बजे सम्म वैदिक श्रृङ्गारिक गंगा आरती गर्ने संयोजक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महामहोत्सव अवधिभर बिहान ६ बजेदेखी ७ सम्म पतञ्जली योग घोराही नगरसमितिको सहयोगमा योग प्रशिक्षण,७ देखी ९ बजे सम्म मण्डव पुजा तथा हवन सञ्चालन,९ देखी ११ बजे सम्म पुरुषोत्तम महात्म्य पाठ पारायण,११ देखी दिउसो ४ बजे सम्म संगीतमय लिलामय पुरुषोत्तम महात्म्य प्रवचन,बेलुही ६ देखी ७ बजे सम्म पुरुषोत्तम एवं बोलबम महाआरती र बेलुकी ७ देखी ९ बजे सम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन हुने छ । महामहोत्सव सभ्य,भव्य र व्यवस्थित बनाउन शंकर गौतमको संयोजकत्वमा २२ सदस्सीय उपसमिति गठन गरिएको छ । यसैविच करिव १ महिना सम्म सञ्चालन हुने महामहोत्सवमा सहभागी भई वैदिक श्रृङ्गारिक गंगा आरती तथा प्रवचन सुन्न मन्दिर व्यवस्थापन समितिले सवै भत्तजनमा अनुरोध गरेको छ । मूल समितिका अध्यक्ष गणेश कुमार अधिकारीले सवै भत्तजनलाई जिल्लामै पहिलो पटक हुन थालेको पुरुषोत्तम महात्म्य एव.श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सहभागी हुन अनुरोध गर्नुभएको हो ।