लायन्स क्लब अफ बुटवल तिनाउद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न – साथै विद्यालयलाई डिस्पेन्सर मेसिन हस्तान्तरण
लायन्स क्लब अफ बुटवल तिनाउले वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । वार्ड नं। ११ न्यू दुर्गानगर स्थित श्री मायादेवी जनजागृति आधारभूत विद्यालयको प्राङ्गणमा गरेको उक्त कार्यक्रममा विभिन्न फलफुलका ५० भन्दा बढी विरुवा रोपिएको छ । क्लबका अध्यक्ष लायन अरुण खनालको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन कृष्ण पुन मगरको संयोजकत्व र क्लबका सचिव लायन नारायण बस्यालको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन अर्जुनमान सैंजु ले क्लबले गरेको यस किसिमको कार्यक्रमले वातावरणिय स्वच्छतालाई कायम राख्न उल्लेखनिय भूमिका खेल्ने बताउनुभएको थियो । विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल ज्यूले रोपिएका विरुवाको उचित संरक्षण गरिने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसैगरि सोहि कार्यक्रममा यसै विद्यालयलाई खानेपानी डिस्पेन्सर मेसिन हस्तान्तरण गरिएको छ । स्कुलमा अध्ययनरत करिब १०० जना विद्यार्थीले अब सहज रुपमा सफा र स्वच्छ पानी पिउन पाउने भएका छन् । यो किसिमका क्रियाकलापले क्लबप्रति समाजमा साकारात्मक धारणा फैलिने र सामाजिक कार्यमा सधै अग्रसर हुन अनुरोध गर्दै अध्यक्ष लायन अरुण खनालले सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । डिजि टिमको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबका सदस्य लायन कृष्ण पुन मगर र लायन ओमप्रकाश बस्याललाई उत्कृष्ट कार्यबापत प्रमुख अतिथि डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजु ज्यूले सर्भिस पिनद्धारा सम्मानित गर्नुभएको थियो । कार्यक्रममा अन्य वक्ताहरु डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर तथा चार्टर प्रेसिडेण्ट लायन चिरञ्जिवी अधिकारी, डिष्ट्रिक प्रोग्राम मेम्बर लायन भरत गैरे एवम् डिष्ट्रिक प्रोग्राम मेम्बर आई.पि.पि. लायन अंकित गिरी ज्यूले क्लबलाई अझै बढि रचनात्मक कार्यक्रमसहित अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो ।













