साउन ६ गते
बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाटमा ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य बिस्वप्रेम पाठकले काङ्ग्रेस बिपिको बिचार र सिद्धान्तमा अडिग भएर हिड्नु पर्ने बताउदै बिपिको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।नेपाली राजनीतिक ईतिहासमा राष्ट्रका लागि बिपि को अतुलनीय योगदान रहेको उहाले बताउनु भयो ।
नेपाली काङ्ग्रेस नगर सभापति दामोदर जिसिले बिपिलाई सम्झिनु मात्रै नभएर उहाको बिचारलाई आत्मसाथ गर्दै सबै बिपिका अनुयायीहरुले सामाजिक रुपान्तरणका लागि आ आफ्नो क्षेत्रबाट योगदान गर्न सकिने उल्लेख गर्नु भयो ।जिल्लामा रगतको अभाव खड्किन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको सभापति जिसिले बताउनु भयो ।
कार्यक्रममा महिला संघ केन्द्रिय सदस्य कमला पराजुली, नेपाली काङ्ग्रेस जिल्ला सहसचिव सन्तु गाहा लगायतले काङ्ग्रेस संगठनात्मक रुपमै सचिदै आम जनताको पार्टी बन्न सक्नु पर्ने उल्लेख गर्नु भयो । सो अवसरमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ, तरुणदल सभापति सुक बहादुर गुरुङ तथा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रक्तसञ्चार सेवाकेन्द्र रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज ज्यामिरेभार स्थित त्रिनेत्रधाममा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको नगर सचिब हेम बहादुर क्षेत्रीले बताउनु भयो । क्षत्रीका अनुसार ४१ औं बि.पि स्मृतिमा त्रिनेत्रधाम मन्दीर परिसरमा ४१ वटा बिरुवा रोपिएको छ ।













