समता टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ग्राउण्ड रिपोर्ट

प्रकाशित मिति:

भैरहवा, साउन । समता टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ग्राउण्ड रिपोर्ट कार्यमले समाजमा हुने विसङ्गति र विकृतिका विरुद्ध खरो रुपमा उत्रिएको कार्यक्रमका वक्ताहरुले बताएका छन् । ग्राउण्ड रिपोर्ट प्रसारणको सत शृङ्खला तथा जिन्दगीका ३ घुम्तिको अर्घसत शृङ्खलाको अवसरमा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले ग्राउण्ड रिपोर्ट कार्यक्रम समाजको ऐना रहेको बताउँदै ३ घुम्ति कार्यक्रमले पाका पुस्ताको अनुभव शेयर गर्ने वातावरण मिलाएको बताएका थिए । ग

कार्यक्रमका प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले टेलिभिजनले प्रसारण गर्दै आएको ग्राउण्ड रिपोर्ट कार्यक्रम जनताको गुनासो सुन्ने र सम्बन्धीत निकायलाई झकझकाउने काम गरेको बताए । उनले कार्यक्रमलाई निरन्तरता दिँदै समाजको ऐना बन्नु पर्नेमा जोड दिए ।जीन्दगीका तीन घुम्ति कार्यक्रमले उमेरले पाका भएका र लामो अनुभव सङ्गालेका व्यक्तिहरु सँगको कुराकानी हुने हुँदा पुस्ता हस्तान्तरणका लागि सहयोगी भूमिका हुने गरेको वक्ताहरुले बताए ।विगत १३ वर्ष देखि भैरहवा क्षेत्रबाट लुम्बिनी खबर पत्रिका सञ्चालन गर्दै आएको र विगत २ वर्ष देखि समता टेलिभिजन सञ्चालन गरी सर्वसाधारणलाई सूचना प्रवाह गरी अन्याय, अत्याचार र भ्रष्टचारको विरुद्धमा काम गर्दै आएको टेलिभिजनका अध्यक्ष गोकुल पोखरेलले बताए ।

ग्राउण्ड रिपोर्ट कार्यक्रम हरेक सोमबार बेलुका ८ः३० बजे पुनहरि बेल्बासेले समता टेलिभिजनबाट प्रसारण गर्दै आएका छन् ।समता टेलिभिजनले विगत २ वर्ष देखि ग्राउण्ड रिपोर्ट, पालिका खबर, क्राइम रिपोर्ट, जीन्दगीका तीन घुम्ति, शब्द शिविर, हेल्थ हब, कृषि, पर्यटनका कुरा, हाम्रो आँखा, चौथो अंग लगायतका कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।