अमेरिकामा ‘रामकहानी’ रिलिज हुने

प्रकाशित मिति:

चलचित्र ‘रामकहानी’ अब अमेरिकामा रिलिज हुने भएको छ । जनवरी महिनाको पहिलो साताबाट यो चलचित्र अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुन लागेको जानकारी निर्देशक सुदर्शन थापाले दिएका छन् ।यो चलचित्र न्यूयोर्क, बाल्टिमोर, भर्जनिया लगायतका शहरमा प्रदर्शन हुने निश्चित भएको वुझिएको छ । सुदर्शन थापा र पूजा शर्माको लगानीमा बनेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।
कमेडी तथा सस्पेन्स कथामा निर्माण भएको चलचित्रले राम नाम गरेको पात्रको कहानी भन्छ ।