बिद्यालय शौचालय र थप अनुदान सहयोग हस्तान्त्रण

प्रकाशित मिति:

रामचन्द्र वि.क.
रामेछाप पौष १३ /

नेपाल रेडक्रस सोसाइटीले रामेछाप नगरपालिका ५ को रामपुरमा २ ओटा बिद्यालय शौचालय बिहिबार हस्तान्त्रण गरेको छ । रामपुरको भिमेश्वर माध्यामिक बिद्यालयमा निर्माण भएका ६ कोठे र गोल्माडाँडा आधारभुत बिद्यालयमा ४ कोठे भवनहरु लैङ्गिक, बाल तथा अपाङ्गमैत्री छन् ।

बिद्यालय शौचालय हस्तान्त्रण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय महामन्त्री देवरत्न धाख्वाले शौचालयको प्रयोग र संरक्षणमा सचेत रहन आग्रह गर्नुभयो । साथै सोही कार्यक्रममा बिद्यालय सामाग्री सहयोग कार्यक्रम अन्तरगत रामपुरको जनता माध्यामिक बिद्यालयलाई दुई ओटा ल्यापटप समेत हस्तान्त्रण गरिएको छ । यसै बिच, रामपुरमा निजी आवास निर्माण सम्पन्न गरेका अति जोखिम बर्गका २३ घरधुरीलाई रेडक्रसले थप अनुदान वापत प्रति लाभग्राही ५० हजार रकम उपलब्ध गराएको छ ।