मेरो पेशा,मेरो व्यवसाय: जसले सैनामैनामा फ्रेमिङकाे सम्भावना खोजे …

प्रकाशित मिति:

बुटवल । पढाईमा त्यति रुची नभयको पनि होइन तर त्यती अब्बल पनि होइनन् उनी , यद्दपी आफूले जे काम गरिन्छ त्यसमा दत्त चित्त भएर लागियो भने एक दिन अवस्य सफल भइन्छ भन्ने सोच राख्ने उनी अर्थात् किरण पोख्रेल। रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर -६ कोलौनी निवासी पोख्रेल पेशाले फोटो फ्रेमिङ तथा गिफ्ट हाउस सञ्चालक हुन । विगत एक दशकदेखि सैनामैनामा किरण गिफ्ट एण्ड फ्रेमिङ पसल सञ्चालन गरिरहेका उनले नैं नगरमा फोटो फ्रेमिङकाे सम्भावानाकाे ढोका खोले ।

जतिबेला उनका सहयात्रीहरुले विदेशकाे यात्रा तय गर्दै थिए । मैले पसल सुरु गर्दा यहां यसरी भुल्नु भन्दा विदेश जान सुझाव धेरै आउँथ्यो, पोख्रेलले सवलपोस्टको मेरो पेशा, मेरो ब्यवसाय स्तम्भमा आफ्ना अनुभव राख्दै भने , अहिले त सानो व्यवसाय सुरू गरेर पनि आनन्दित ढंगले जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण सबैले दिँदा खुशी लाग्छ । ” नगर भित्रका बिभिन्न मेला महोत्सव तथा औपचारिक ,अनौपचारिक कार्यक्रममा उनकाे पसलबाट निर्मित बिभिन्न फ्रेम तथा डेकोरेसेनका सामान जाने गर्दछन् जसलाई पोख्रेलले आफैं बनाउने गर्दछन । मिजासिलो स्वभावका पोख्रेल काम लाइ असाध्यै माया गर्छन् जसमा परिवार र श्रीमतीकाे ठुलो साथ रहको छ ।

२०५८ सालमा स्थापित सैनामैनाकाे दूधराक्ष युवा क्लबका अध्यक्ष समेत रहेका ३४ वर्षीय पोख्रेल सामाजीक काममा पनि उत्तिकै अग्रसर रहेका छ्न । उनैकै नेतृत्वमा क्लवले प्रतीक्षालय बनाउने देखि बार्षिक रुपमा तीज महोत्सव पनि गर्दै आइरहेको छ । अहिले त टाढा टाढा बाट, किरण गिफ्ट एण्ड फोटो फ्रेमिङकाे लागी काम आइरहेको छ , आफ्नै पसलमा सोमवार शिव भगवानकाे तस्बिर अंकित फोटो फ्रेमिङ गराउदै गर्दा भेटिएका पोखेरलले संक्षिप्त कुराकानीलाइ बिट मार्दै भने – कुनै पनि काम लाइ निरन्तरता दिनुु पर्छ ढिलो चाँडो सफल भइन्छ । तर यो भन्दै गर्दा म आफूलाई अझै सफल भयको ठान्दिनँ। “