दैनिक तनाव ब्यबस्थापनका लागि ध्यान सिकाई कार्यक्रम

प्रकाशित मिति:

साउन, कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा कृयाशिल कञ्चन साथी सञ्जालले युवाहरुको दैनिक तनाव ब्यबस्थापनका लागि ध्यान (meditation) कार्यक्रम सम्पन्न गरेको छ। युवाहरुमा दैनिक तनाव व्यवस्थापन र स्वस्थ जीवन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ कञ्चन गाउपालिकाको दियो सभाहलमा युवालाई ध्यान सिकाई कार्यक्रम संचाचलन गरेको हो। सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन गाउपालिका र स्ट्रोम फाउण्डेशनको सहयोगमा संचालन गरिएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिधार्थीहरु, युवा तथा संकल्प समूह तथा बिभिन्न टोल बिकास संस्थाका प्रतिनीधि, साथी सञ्जालका बिशोर किशोरीहरुको समेत सहभागिता रहेको कार्यक्रम रहेको थियो।