गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा भिडियो एक्सरे ( अल्ट्रा साउण्ड) काे सेवा शुभारम्भ भएको छ । बिहीबार सुर्यपूरा स्वास्थ्य चौकीमा भएको एक बिशेष कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले अल्ट्रा साउण्ड सेवाकाे उदघाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पाैडेलले गैडहवाकाे स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागी लागी परेको बताए । भिडियो एक्सरेका लागी बुटवल र भैरहवा जानू पर्ने वाध्यता हटेको भन्दै स्वास्थ्यकाे पहुचमा नभएकाहरूलाई पालिकाले विशेष अभियान सञ्चालन गर्ने बताए।
२ बर्ष भित्र सुर्यपुराको स्वास्थ्य चौकीलाइ स्तर उन्नती गरी सम्पन्न गर्ने र पालिकालाइ स्वास्थ्य क्षेत्रमा सबल बनाउने दाबी गरे । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , वार्ड नम्बर ५ का अध्यक्ष विजय कुमार शर्मा, डाक्टर नवीन पाण्डे लगाएतले बोल्दै भिडियो एक्सरे सेवाले पालिकाको स्वास्थ क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताए। वार्ड नम्बर ६ का वार्ड अध्यक्ष राज कुमार लोधकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहानले गरेका थिए भने सञ्चालन सुर्यपूरा स्वास्थ चौकी प्रमुख मिना पन्थीले गरेकी थिइन् ।












