ग्रामीण बाल्मिकि साकोस बर्दघाटको ३० औँ बार्षिक

प्रकाशित मिति:

रामु भुसाल, ,बर्दघाट,भदौ –  पश्चिम नवलपरासीमा रहेको  ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३० औँ बार्षिक साधारणसभा तथा  नेतृत्व चयन कार्यक्रम आईतबार देखी ईकाईगत रुपमा सुरु भएको छ ।
सोहि अनुरुप आज ईकाई एक बाल्मिकी  सेवा केन्द गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्रको  बार्षिक साधारण सभा सम्पन्न भएको  छ ।संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा बाल्मिकी साकोसका सल्लाहकार एवं संस्थापक गणेश प्रसाद पोख्रेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रेलले सहकारीहरु नीति,, विधि र पद्दतीमा चल्ने सके  सफल हुने बताउदै  यस सहकारी नेपालकै उत्कृष्ट सहकारी मध्य पर्न सफल भएकोमा धन्यबाद ज्ञापन गर्नु भयेको थियो। वहाले सहकार्य बाट नै सहकारी संचालन हुने र शेयर सदस्यको ईमान्दारिता बाट सहकारी उत्कृष्ट हुने बताउनुभयो ।कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा प्रतापपुर गाउपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष महेन्द्र चौधरी ले सहकारीले महिलाहरुलाई स्वावलम्बन बनाउन उधमशिल कार्यक्रमहरु ल्याई समुदायमा सचेतनामुलक कार्यक्रम गरेमा सहकारी अझ उत्कृष्ट हुने कुरामाथि जोड दिनुभयो ।

अर्का बिशिष्ट अतिथि  संस्थाका  निवर्तमान अध्यक्ष नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका सदस्य रविन्द्र बिक्रम हमालले बोल्दैे शेयर सदस्यहरुको सहयोग र उत्कृष्ट नेतृत्वको कारणले सहकारी संस्था उत्कृष्ट बन्न सफल भएको बताउदै यस क्षेत्रका सहकारीहरु संग मर्ज हुदा संस्थालाई अझ जिम्मेवार बोध बनाएको र सोही अनुरुप नेतृत्व र शेयर सदस्यले काम गर्नृू पर्ने बताउनुभयो ।
कार्यक्रममा सस्थाको गत बर्षको आर्थिक २०७९, ०८० को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो
। त्यस्तै कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल १ अरब ८ करोड १८ लाख  बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै  सस्थाले १ लकरोड ४० लाख बराबर  शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन लेखा सदस्य भानुभक्त ढकाल  ले प्रस्तुत गर्नुभएको थियो ।

नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण  बाल्मिकी साकोसमा ६ हजार ८ सय ३३ महिला  ५ हजार १ सय ८० पुरुष र १० जना संस्थागत गरी १२ हजार २३ जना र ५ हजार ५९ बाल सदस्य रहेका छन । संस्थाले रणनीति बनाई २५ हजार शेयर सदस्य बनाउने रणनीति लिएको र सोही अनुरुप कार्यक्रम अगाडी बढाएको र संस्थाले बर्दघाट नगरपलिकामा ४ सेवा केन्द्र  र प्रतापपुरकमा १ सेवा केन्द्र खोली सेवा प्रदान गर्दै आईरहेको संस्थाका व्यवस्थापक अनन्त  पाण्डेले बताउनु भयो ।जस अन्तरगत बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी, बर्दघाट १३ मा जहदा उदय मिर्मिरे सेवा केन्द्र र बर्दघाट ९ भुताहा मा स्वर्णिम सेवा केन्द्र र प्रतापपुरको गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्र बाट सेवा दिईरहेको छ। सस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको  स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो । सस्थाले प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही भदौ ९ गते सस्थाको केन्द्रिय कार्यालमा ३० औँ साधारण सभा  तथा नेतृत्व चयन सम्पन्न गर्ने सस्थाले जनाएको छ।