पालिका भित्रकाे लुम्बिनी सडकखण्डकाे खाल्डा पुर्दै गैडहवा: सडक डिभिजनलाइ पत्र लेख्दै छिटो मर्मत सम्भार गर्न आग्रह

प्रकाशित मिति:

दीपक न्याैपाने, । रामापुर _ लुम्बिनी सडखण्डमा आफ्नो पालिका भित्र पर्ने सडकमा खाल्डा खुल्डी भएका कारण सर्वसाधारण तथा यात्रुहरूलाई असुविधा भएकाे भन्दै गैडहवा गाउँपालिकाले बिशेष पहल लिएको छ । केही दिन यता परेको निरन्तर झरीले बाटोकाे अवस्था झनै बिग्रिएको भन्दै पालिकाकाे पहलमा बिभिन्न ठाउँमा मिस्कट, गिट्टी झारिएको छ । बिशेष गरी वार्ड नम्बर ९ देखि नै लुम्बिनी जाने बाटो निरन्तरकाे झरीले हिलाम्य र खाल्डा खुल्डि भै पानि जमेको छ । यसै गरी पालिकाले आफ्नो क्षेत्र भयर लुम्वीनी रामापुर ओहोर दोहोर गर्ने यात्रुहरुको गुनासो सुन्दै सडक डिभिजन कार्यालय बुटवललाइ पत्र लेखेर छिटो भन्दा छिटो सडककाे अबस्था सुधार्न अनुरोध गरेको छ । हामीले सक्दो बिशेष पहल गरिरहका छौ, यहाँ बाट निर्बाचित प्रदेस र संघीय संासदहरुले आ आफ्नो पहल गरिरहनु भएको छ , गैडहवा गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले सबलपोस्ट संग भने – पालिकाको आंतरिक खर्चमा ठाउँ ठाउँ जहाँ पानि जमेको छ त्यहा गिट्टी मिस्कट खन्याएका छौ। अब झरी अली कम भए पछी यो रफ्तारलाइ बढाउने छौ । ” उनले आफ्नो अधिकार भित्र रहेको जिम्बेबारीलाइ कुशलता पूर्वक सम्पन्न गर्ने बताउँदै सडक विभाग बुटवललाइ तुरुन्त काम अघि बढाउन आग्रह गर्दै अन्यथा डेलीगेसन नै जाने बताए ।