कुशलले बनाए कीर्तिमानी शतक

प्रकाशित मिति:

काठमाडौं, असोज – नेपाली अलराउन्डर कुशल मल्लले विश्व क्रिकेटमा अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले चीनमा जारी एसियन गेम्सअन्तर्गत बुधबार बिहान भएको मंगोलियाविरुद्ध खेलमा टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक बनाउने रोहित शर्मा, डेविड मिलर र सुदेश विक्रमाशेखराको कीर्तिमान तोडे। उनीहरुले ३५ बलमा शतक बनाएका थिए।मंगोलियाविरुद्ध नटआउट रहेका कुशलले ५० बल खेल्दै ८ चौका र १२ छक्का मद्दतमा कुल १३७ रन बनाए। टि–२० अन्तार्राष्ट्रियको पाँचौं व्यक्तिगत ठूलो स्कोर हो।योसँगै उनी नेपालका लागि टि–२० आईमा शतक बनाउने पाँचौं खेलाडी बनेकाछन्। यसअघि पूर्वकप्तानद्वय पारस खड्का, ज्ञानेन्द्र मल्ल तथा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए।