न्यू लाइफ मा.बि.मा हाजिर जवाफ सम्पन्न

प्रकाशित मिति:

असोज १२ गते
नवलपरासी । बर्दघाट ४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालय मा हाजिर जवाफ सम्पन्न भएको छ । शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीका बीच हाजिर जवाफ गरिएको हो ।


हाजिर जवाफ प्रतियोगितामा शान्तना भण्डारी, विवेक ढकाल, सगम कुवर र दिनेश केसी सहभागी भएको कक्षा १२ फाइन्सन ए प्रथम , कक्षा ११ कम्प्युटर दोस्रो र १२ कक्षा कम्प्युटर ए तेस्रो स्थान हासिल गरेका छन ।


कक्षा ११ र १२ का विद्यार्थीहरु बीच गरिएको हाजिर जवाफ प्रतियोगितामा प्रत्येक समुहमा ४ जना सहभागी राखी १३ वटा समूह कक्षा गत रुपमा छनोट गरि प्रतियोगिता गरिएको प्रीन्सिपल सन्तोष अधिकारीले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” शिक्षण सिकाइलाई नै फोकस गर्दै विद्यालयले शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरिरहेको छ ।”


विधालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीले कक्षा सिकाइमा विद्यार्थी केन्द्रिय सिकाइमा फोकस गरेको बताउदै न्यू लाइफमा बढी भन्दा बढी अतिरिक्त क्रियाकलाप गर्ने बताउनु भयो । प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सफल विद्यार्थीलाई प्रमाण पत्र, पुरस्कार प्रदान गरिएको छ ।