नेपाल भारतसँग २३ रनले पराजित

प्रकाशित मिति:

काठमाडौं, असोज – चीनमा जारी १९औं एसियन गेम्सको क्रिकेट तर्फ नेपाल भारतसँग पराजित भएको छ। मंगलबार बिहान भएको क्वार्टरफाइलनमा नेपाल भारतसँग २३ रनले पराजित भयो।पहिला ब्याटिङ गर्दै भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ बनायो। टि–२०आईमा भारतसँग पहिलो पटक खेलेको नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। उनले १५ बलमा ४ छक्का प्रहार गरे। यस्तै, कुशल मल्ल र सन्दीप जोराले समान २९ बनाए। कुशल २२ बलमा समान २ चौका र छक्का प्रहार गरे भने जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै, ओपनर कुशल भुर्तेलले २८ र करण केसीले १८ रन बनाए।

भारतका लागि रवि विस्नोइ र आवेश खानले समान ३ विकेट लिए। यस्तै, अर्सदीप सिंहले २ विकेट लिए।टस जितेर पहिला ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनायो। जैसवालले ४९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै सय रन बनाए।यस्तै, रिंकु सिंहले १५ बलमा २ चौका र ४ छक्का प्रहार गर्दैै ३७ रन बनाए भने कप्तान रुतुराज गायकवाड र शिभम दुवेले समान २५ रनको योगदान दिए।नेपालक लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।नेपालले भारतभन्दा पनि बढी छक्का प्रहार गरेको थियो । आफ्नो इनिङमा नेपालले १४ र भारतले १२ छक्का प्रहार गरेको थियो।यो हारसँगै नेपालको क्रिकेटमा पदकको सम्भावना सकिएको छ।