सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार

प्रकाशित मिति:

बुटवल – रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पुर्‍याएको भन्दै उद्योग वाणिाज्य संघ, बुटवलले कान्तिपुरकर्मी सन्जु पौडेललाई शुक्रबार आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा आयोजित कार्यक्रममा कान्तिपुरकी रुपन्देही संवाददाता पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।