तालाबन्दी नगरौं, संवादबाटै निकास खोजौं : अध्यक्ष पोखरेल

प्रकाशित मिति:

बुटवल, असोज  । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन । शुद्धिकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे । सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरण गरिएको हो, विजयादशमीको शूभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भने –‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धिकरण अनुसार नयाँ कोर्समा अगाडि बढौं ।’

उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सिमित नहुन आग्रह गरे । ‘एउटा संख्या बढि र तल हुँदमा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धिकरणले गर्न खोजेको त्यही हो।’ र माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’ उनले भने । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए । उनले विगतमा निषेध गरिएपनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धिकरण गरिएको बताए ।

उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धिकरण थालेको बताए । ‘शुद्धिकरण मार्फत सुधारको प्रयत्न गरिएको हो’ अध्यक्ष पोख्रेलले भने ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे । उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उनले भने ।उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताए । उनले महासंघले रुपन्देहीका सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर शूभकामना आदान प्रदान गरेको बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिती रहेको सचिव विनोद परियारले जानकारी दिए ।