अष्ट्रेलिया भारतसंग टेष्ट क्रिकेटमा घरमै लज्जास्पद हार

प्रकाशित मिति:

काठमाडौं । अष्ट्रेलियाले भारतसंग टेष्ट क्रिकेटमा घरमै लज्जास्पद हार बेहोर्न वाध्य भएको छ । मेलबर्नमा भएको तेस्रो टेष्ट क्रिकेटमा भारत १३७ रनले जित आफ्नो पक्षमा पार्न सफल भयो ।  ३९९ रनको टार्गेट पछ्याएको अष्ट्रेलियाले २६१ रनमै घुँडा टेक्यो । प्याट कमिन्सले ६३ रन बनाए सर्वाधिकका रुपमा । जसप्रित बुमराह र रविन्द्र जडेजाले ३–३ विकेट लिए । यसअघि भारतले ४४३ रन बनाएर ७ विकेटको नोक्सानीमा इनिङ समाप्ति गरेको थियो । अष्ट्रेलिया १५१ रनमै अलआउट भयो ।

जसप्रितले ६ विकेट लिए । जवाफमा फलोअन गर्न नदिएर भारतले आफै ब्याटिङ गर्यो । हतारमा खेलिरहँदा भारतले १०६ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दोस्रो इनिङमा अष्ट्रेलियाले केही सुधारको लक्षण ल्याए पनि लय पकड्न सकेन । यो शानसहितको जितले भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाउन सफल भएको छ । चौथो टेष्ट सिड्नीमा ३ तारिखदेखि सुरु हुनेछ । ४० वर्षपछि भारत अष्ट्रेलियामा सिरिजमा २–१ ले अगाडि रहेको हो । सन् १९७७–७८ मा पनि भारत २–१ ले अगाडि भएको थियो । त्यतिबेला भारतले सिरिज ३–२ ले हारेको थियो । यसपटक बढीमा बराबरी मात्र हुनेछ । होइन भने विराट कोहलीको टिमले यो सिरिज जितेर अर्को इतिहास बनाउने छ ।