प्रकाश न्यौपाने
माघ १२ गते
नवलपरासी । सगितलाई राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा नै चिनाउन सफल जिल्लाको रुपमा परिचीत जिल्ला हो स्याङ्जा । तेहि स्याङ्गजा जिल्लाको गल्याङ्ग नगरपालिका वार्ड ११ कर्मचैरमा जन्मेका श्रीधर अधिकारी पछिल्ला पाँच बर्ष गित संगीतमा राम्रो जमेको छन ।
२०७५ साल देखि अहिले सम्म करिब २ दर्जन भन्दाअ बढी संगीत र ७० भन्दा बढी गित गाएका अधिकारीले आफ्नो जीवन नै गित संगीत मा रमाइरहेको बताए । उनी भन्छन् -” २०७२ सालमा म स्याङ्जाबाट बुटवलमा प्रवेश गरे र संगित सिके, अहिले संगीत नै मेरो जीवन हो ।” ०७५ सालमा पहिलो गित रेकर्डिङ्ग गराएका उनले भन्छन् -” म आज भन्दा २ बर्ष अगाडि देखी गित संगीतकै सिलसिलामा काठमाडौ छु ।”
अधिकारीले मेरो तस्विर, बाजा तालमा, मुटुमै घाउ छ, कपालै कोरि, संसारकि प्यारि अामा, तिमि पनि उस्तै रैछौ ,निरिमाया, मारम मीठो बात जस्ता चर्चित गितको सृजनामा श्रीधरलेलय भरेका छन ।
पछिल्लो समयका चर्चित गायक सर्जकका रुपमा आफ्नो परिचय बनाउन सफल अधिकारी अहिले दैनिक काठमाडौका स्टुडियोमा नै बिताउछ्न । ” अहिलेको दिनचर्या प्राय: जसो स्टुडियोमा नै बित्ने गर्दछ ।”
आफ्नो मेहनतमा नै रमाएकाका अधिकारीले गाएका पछिल्ला धेरै गितले मिलियन भ्युज प्राप्त गर्न सफल भएका छन। त्यसैले उनी भन्छन् -“मैले गरेको मेहेनतको फल पाएको छु । मेरो प्रयासलाई दर्शक र स्रोताले रुचाउनु भएको छ ।”
जस्तो लाउनले हरेक बिधाका गितहरु बजारमा ल्याउने गर्छन ,गित भिडियो सहित केहि दिनमा आउने उनले जानकारी दिए ।
थप समाचार
बुटवल मेलामा समिक्षाले नचाईन दर्शक
१ month अघि
नव गायकाको रुपमा उदाएका छन्, पाण्डे
१ month अघि
१३ औं कपिलबस्तु ‘डान्स आइडल’ को अडिसन सुरु
२ months अघि
नवबिवाहित दम्पतीको ‘बिहे गरियो’ गीत सार्वजनिक
२ months अघि