चालिस लाख लागतमा जिमिरेभार स्केटिङ्ग पार्क संचालनमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, माघ १८


बर्दघाट ७ जिमिरेभारमा स्केटीङ्ग पार्क संचालनमा आएको छ । पार्कको वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारुले उद्घाटन गर्नुभएको हो । पछिल्लो समय बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नका लागि जिमिरेभार स्केटीङ्ग पार्क संचालनमा ल्याईएको संचालक अमृत भट्टराईले बताउनुभयो । करिव ४० लाखको लागतमा पार्क संचालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।


पार्कमा ४ जनको लगानी रहेको छ । अन्य लगानीकर्तामा विष्णु श्रेष्ठ, चन्द्रकान्त भट्टराई भिम बहादुर विरकट्टा मगर रहनुभएको छ । उहाँहरुको समुहले यस अघि रुपन्देहीको भैरहवामा स्केटिङ्ग पार्क संचालनमा ल्याईसकेको छ भने कोटीहवामा संचालनको अन्तिम तयारीमा रहेको र स्याङ्गजाको वालीङमा निकट भविश्यमै संचालन गर्ने तयारी गरिएको संचालक विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।


पश्चिम नवलपरासीमै पहिलोपटक स्केटिङ पार्क संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्री प्रयोगको ब्यबस्था गरिएको ब्यबस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।