ब्यवसायीलाई गोलि हानेपछि शान्ति सुरक्षाको माग गर्दै आन्दोलनमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ २१ गते ।

नवलपरासी । नवलपरासीका ब्यवासायीहरुले शान्ति र सुरक्षाको माग गर्दै आन्दोलन गरेका छ । शनिबार साझ  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोलामा  सुनचाँदी ब्यवासायी गजेन्द्र बिश्वकर्मा माथी भएको आक्रमणको पछी ब्यवसायीहरु आतंकीत भएको सुनचाँदी ब्यवासायी संघ नवलपरासीका अध्यक्ष अर्जुन सुनारले बताउनु भयो । ” केहि समय अघि प्रतापपुर गाउपालिका वडा नम्बर २ गोपिगज र अहिले फेरि बर्दघाट १६ मा चोरी गर्ने र ज्यान समेत मार्ने गरि आक्रमण गरेपछि कसरी ब्यवसाय गर्ने ?” प्रश्न गर्दै  सुनारले भन्नु भयो ।


नवलपरासीका सुनचाँदी ब्यवसायी, उद्योग बाणिज्य संघ बर्दघाट, बर्दघाट बजार बिकास समिति लगायतका संघ सस्थाले ब्यवसायी आक्रमणको बिरोधमा बिज्ञाप्ति जारी गरेका छन ।  आन्दोलन गर्दै ब्यवासायीहरुले प्रहरी प्रमुख राजीनामा दे, ब्यवसायीको शान्ति सुरक्षा कायम गर, ब्यवसायीक एकता जिन्दबाद जस्ता नाराहरु लगायका छन । शान्ति र शुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय ब्यवसायीहरुले बर्दघाटमा नारा जुलुस गर्दै  प्रहरी उपरीक्षक भिम बहादुर कार्कीको राजिनामा समेत मागेका छन ।


सुस्ता गाउपालिका १ बरुवामा न्यू धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा लागेको गोलि मेरुदण्डमा गएर अड्किएको सुनारले जानकारी दिनु भयो । गोली प्रहारबाट घाइते विश्वकर्मालाई चिसापानी अस्पताल, तिनाउ इन्टरनेटर नेशनल अस्पताल बुटवल,  भैरहवा मेडिकल कलेज हुदै अहिले काठमाडौ लगीएको छ ।


अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् ।