शिक्षक संघ नवलपरासीले स्मारिका बिमोचन गर्दै प्रतिनिधि सभा सम्पन्न 

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ २८ गते

नवलपरासी । नेपाल शिक्षक सङघ नवलपरासीले स्मारिका बिमोचन गर्दै २५ औं प्रतिनिधि सभा शनिबार सम्पन्न गरेको छ ।


कार्यक्रममा  बर्तमान कार्यसमितिले   बार्शिक गतिबिधी , आगामी  योजाना, समाबेश  गरि पहिलो पटक प्रबिधिको प्रयोग गरेर   QR code मार्फत  गुरु गौरब नामक  स्मारिका बिमोचन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री एब प्रतिनिधि सभाको  शिक्षा, स्वास्थ्य, सन्चार तथा प्रतिनिधि समितिका सदस्य बद्री  पान्डेले छिट्टै शिक्षा ऎन आउने र शिक्षकहरुका माग पूरा हुने बताउनु भयो । अहिले शिक्षा ऎन नआउदा शिक्षा क्षेत्र अन्यौलमा परेको बताउदै उहा भन्नुहुन्छ -” शिक्षकका मागहरुलाई अधिकतम  सम्बोधन  गरि सकेसम्म छिटो  बिधालय  बिधेयक ल्याउने  गरि काम भइरहेको छ ।”


कार्यक्रममा बर्तमान कार्यसमितिले बार्षिक गतिबिधी, आगामी  योजाना, समाबेश  गरि पहिलो पटक प्रबिधिको प्रयोग गरेर   QR code मार्फत  गुरु गौरब नामक स्मारिका प्रकाशन गरिएको स्मारिकाका प्रधान सम्पादक एब संघका सह -सचिब अर्जुन प्रसाद पाण्डे बताउनु भयो ।


    कार्यक्रममा नेपाल शिक्षक संघका निबर्तमान अध्यक्ष एव विश्व शिक्षक महासंघ एसिया प्रसान्त क्षेत्रका सदस्य राजेन्द्र राज पौडेल, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका  महामन्त्री बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठक, नेपाली काङ्ग्रेस नवलपरासीका कार्यबाहक  सभापति बिक्रम प्रसाद यादब, नेपाल शिक्षक संघका निबर्तमान संघीय सदस्य नेत्रलाल न्यौपाने, प्रदेश उपाध्यक्ष सीता शर्मा, नेपाली काङ्ग्रेसका जिल्ला सचीव एब प्रतापुर गाउपालिका अध्यक्ष उमेश  चन्द्र यादब, नेपाल शिक्षक संघका पुर्व अध्यक्ष मोहन शर्मा, संघका निबर्तमान अध्यक्ष भबिस्वर पान्डे, क्षेत्रीय सभापति माधब प्रसाद पान्डे, हिस्टुन केन्द्रिय सदस्य चुडामणि भन्डारी, राहत शिक्षक संघका अध्यक्ष तारा प्रसाद न्यौपाने,  निबर्तमान उपाध्यक्ष  शुक्रराज भट्टराई , पालिका अध्यक्षहरुमा खेम शर्मा, रमेश लम्साल, बिरेन्द्र कुमार  कुर्मी,  राज कुमार शर्मा, महासंघ सुनवलका  सस्थापक अध्यक्ष  बाबुराम पान्डेले  शुभकामना  मन्तव्य  दिनु भएको  थियो।


शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईंको अध्यक्षता, महिला उपाध्यक्ष  शिब रेग्मीको स्वागत मन्तव्य र स्वागत गितका साथै नृत्य स्मृति बिश्वकर्मा र जेनिसा न्यौपानेले प्रस्तुत गरेका छन । साथै कार्यक्रममा औचित्य उपाध्यक्ष अरबिन्दकुमार पाठक, सन्चालन  सचिब इन्द्र बहादुर  चौधरीको रहेको थियो ।