बुटवल सहित देशभर बिभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाइयो

प्रकाशित मिति:

१५ पौष बुटवल । तमु समुदायले आज रुपन्देहीको बुटवल सहित देशभर धुमधामका साथ तमु ल्होसार पर्व मनाइएका छन् । तमुहरुले खिल्लो कुकुर वर्गको विदाई र फोल्हो मृर्ग वर्गको स्वागत गदैं ल्होसार पर्व मनाएका हुन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले बुटवलको रामनगरमा तमु ल्होसार मुल समारोह गरेर ल्होसार मनाएको हो । सो अवसरमा बोल्दैं प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले सबै जात, जातिका भाषा–धर्मका संस्कार संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानले परिकल्पना गरे अनुसार राज्यले कसैलाई काखा,कसैलाई पाखा गर्न नमिल्ने बताउंनुभयो ।
उहांले सक्ता बदलिएपनि संकार नबदलिएको भन्दैं सोच परिवर्तन हुंनुपर्ने आवश्यकता औल्याउंनुभयो । मुलुकमा राजनैतिक लडाई सकिएकोले अव सम्बृद्धिका लागि अघि बढ्नुपर्ने बताउंनुभयो । तमु समुदायको चाहना र भावनालाई प्रदेश सरकारमा लिपीवद्ध गर्ने प्रतिवद्धता उहांले व्यक्त गर्नुभयो ।प्रदेश ५ का सांसद बिरबहादुर रानाले संघीय लोकतान्त्रिक भनेको सामाजिक न्याय हो,विभेद होइन भन्नुभयो।

कुनै पनि नामको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिंदैं उहांले निरङकुशताको अन्त्यसंगैं अहिले कसैले माग्ने र दिने होइन भन्नुभयो । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय संरक्षण समितिका सभापति माया गुरुङ, पूर्व सभापति
शेरबहादुर गुरुङ, केन्द्रीय सदस्य झपट गुरुङ,केन्द्रीय सल्लाहकार सुर्जेलाल गुरुङ,पूर्व जिल्ला अध्यक्ष क्या टेकबहादुर गुरुङ, आदिवासी जनजातिमहासंघ, रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,मगर संघ,रुपन्देहीका अध्यक्ष गीता
सारु, मंगोल नेशनल अर्गनाइजेशन,रुपन्देही सभाका सल्लाहकार ज्ञानबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । समितिका अध्यक्ष बिमला गुरुङको अध्यक्षता,सचिव ओमप्रकाश गुरुङको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तैं तमु समुदायले रुपन्देहीका चार नगर,चौविस इकाई समितिले धुमधामका साथ ल्होसार मनाएको जनाएका छन् । कार्यक्रममा राष्ट्रिय कलाकार सुनिला गुरुङ,शान्ता परियार लगायलते आफ्ना प्रस्तुति दिएर दर्शकलाई छमछमी नचाएको थिए । तमु ल्होसारमा दिंदैं आएको सार्वजनिक विदासरकारले कटौति गरेपछि समितिले यसवर्ष आन्दोलनका रुपमा ल्होसार पर्व मनाएका हुंन् ।