क्यानन माविमा खेल सप्ताह सम्पन्न

प्रकाशित मिति:

बुटवल । क्यानन माध्यामिक विद्यालयमा सञ्चालित खेल सप्ताह सम्पन्न भएको छ । खेल सप्ताहको अन्तिम दिन विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भएको जुनियरतर्फको फुटबल खेलमा सगरमाथा सदन प्रथम र धौलागिरि सदनले द्धितीय भएको छ । त्यसैगरी सिनियरतर्फ भएको फुटबल खेलमा अन्नपूर्ण सदनले प्रथम र माछापुच्छ्रे् सदन द्धितीय भएको छ । त्यसैगरी क्रिकेट प्रतियोगितामा धौलागिरी सदन प्रथम र अन्नपूर्ण सदन द्धितीय भएको छ । त्यसैगरी छात्रा ब्याड्मिन्टनमा अन्नपूर्ण सदन प्रथम तथा द्धितीय दुबै स्थानमा जित प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । यसैगरी विभिन्न तहका विद्यार्थीहरुविच तातोआलु प्रतियोगिता सम्पन्न भएको र कक्षा ११ र १२का विद्यार्थीहरु बिच क्रिकेट तथा चम्चा दौड प्रतियोगिता सम्पन्न भएको कक्षा ११ र १२ का खेल संयोजक सुमन गिरीले जानकारी दिए । माघ २६ गतेदेखि सुरु भएको खेलकुद प्रतियोगितामा २० भन्दा बढी बिधामा करिब १२ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका विद्यालयका सहप्राचार्य सुर्य पाण्डेले जानकारी दिए ।