तिलोत्तमा वडा नं २ मा निशुल्क पाठेघर शिविर सम्पन्न, २सय १४ जनाले लिए सेवा

प्रकाशित मिति:

तिलोत्तमा, फाल्गुण  । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ को आयोजना तथा रोटरी क्लब अफ बुटवल डाउन टावन र ओम महिला तथा बाल अस्पताल तिलोत्तमाको प्राबिधिक सहयोगमा निशुल्क पाठेघर स्क्रिन टेस्ट तथा जांच उपचार शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर २ स्थित आफ्नै कार्यालय अगाडी भएको शिविरमा २ सय १४ जना महिलाहरुले सो सेवा लिएको वडा सचिव अनिता शर्मा ज्ञवालीले बताइन। संयुक्त आयोजनामा भएको शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग, एचआईभी परीक्षणसहित औषधि वितरण गरिएको थियो । उक्त शिविरमा ओम महिला तथा बाल अस्पताल तिलोत्तमा की स्त्री तथा प्रसुती रोग विशेष डा।

शर्मिला शर्मासहित ५ जना डाक्टरको टोलीले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा २ सय १४ जनाले सेवा लिएका स्वास्थ्य चेक जाँच गराएका थिए । स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, यौन रोग, सेतो पानी बग्ने, पाठेघर खस्ने समस्या सम्बन्धि टेस्टहरु भएको डा। शर्माले जानकारी दिइन् । “जाँच गरेका धेरैको स्वास्थ्य सामान्य नै छ, कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाइमा ध्यान नदिने, धेरै जनासँग यौनसम्बन्ध राख्ने, धेरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने डा। शर्माले बताइन् । वडाका कार्यबाहक अध्यक्ष रामकृष्ण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरको अध्यक्षता रोटरी क्लब अफ बुटवल डाउन टावनकि अध्यक्ष कमला हमाल मल्लले गरेकी थिईन। कार्यक्रमममा क्लबका पुर्व अध्यक्ष जिबन अधिकारी,ओम महिला तथा बाल अस्पताल तिलोत्तमा की शारदा तिवारी टोल बिकासका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो।