१५ पुस,लुम्बिनी । छोरीलाई दाईजो होईन पैत्रिक सम्पत्तीमा अंश देउ भन्ने मूलनाराका साथ ईस्लामी संघ नेपालको आयोजनामा दाईजो बिरुद्ध देश ब्यापी सचेतना अभियान अन्र्तगत लुम्बिनीमा सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ ।समारोहलाई सम्बोद्धन गर्दै ईस्लामी संघ नेपालका प्रदेश नंं ५ का सचिव मौलाना एहसानुल्लाह असरीले दुलहा दुलहीको बाटो खर्च बाहेक अरु खर्चलाई ईस्लामले अपराध मानेको हुदादाईजोको सट्टा पैत्रिक सम्पत्तीमा छोरीलाई अंश दिनुपर्ने बताए ।
उनले दाईजो लेनदेन हुने शादीबिबाहमा संघले निकाह पढाउन ईस्लामधर्मगुरुलाई प्रतिबन्ध समेत लगाई सकेको अवस्थामा निकाह पढाउन बहिष्कृत गरेपछि स्वतः दाईजोप्रथा रोकिने जानकारी गराए ।कार्यक्रममा संघका प्रदेश नं। ५ का सहसचिव मौलाना फजरुल रहमान फलाहीले अरबी भाषा जाहेजको अपभ्रंस दहेज दुलहा दुलही मात्र को दने बाटो खर्च बाहेक अरु खर्च नाजायज भएको हुदा त्यस्ता फजूल खर्च लेनदेन गर्न नहुने बताए ।सो अवसरमा लुम्बिनी सामुदायिक अध्यन केन्द्रका अध्यक्ष सजरुद्दीन मुसलमान ,लुम्बिनी खानेपानी संस्था अध्यक्ष जुबेर अहमद खान, मौलाना मुस्तफा मुसलमान लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।












