बागमतीले चुम्यो आठौं सुर्य नगर गोल्ड कपको उपाधी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन ७ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित आठौं सुर्य नगर गोल्ड कपको उपाधी बागमती युथ क्लब सर्लाहीले चुमेका छ । सोमबार बागमती युथ क्लब र नेपाल पुलिस क्लब बीच भएको फाइनल खेलमा  शुन्यका विरुद्ध १ गोल गर्दै बागमती युवा क्लबले जित हाल परेका हो ।


पहिलो हाफको २५ औँ मिनेटमा बागमतीका जर्सि नम्बर ८ का अभि लामाले गरेको एकमात्र गोल नै निणर्ायक बन्यो । निकै प्रतिष्प्रर्धात्मक खेलमा पुलिसले पनि गोल गर्ने सुनौला मौका गुमाएको थियो । फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोश्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाँउदै खेलबाट  बाहिरिए पछि बागमती १० खेलाडीमा सिमित हुन पुगेको थियो ।


लुम्बिनी प्रदेशको दोस्रो ठुलो र पश्चिम नवलपरासी जिल्लाको सर्वाधिक पुरस्कार रासीको फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै बागमती युथ क्लब सर्लाहीले ५ लाख नगर, शिल्ड, मेडल र प्रमाण पत्र हात परेको छ भने उपबिजेता नेपाल पुलिस क्लबले ३ लाख नगर, शिल्ड, मेडल र प्रमाण पत्र हात परेको छ ।


प्रतियोगितालाई सम्बोधन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सुर्य नगर गोल्ड कप बर्दघाटको पहिचान भएको बताउनु भयो । ” नगरले खेलकुदलाई प्राथमिकता दिदै नगर खेलकुद बिकास समिति बनाइ खेलकुदका विभिन्न बिधामा काम गरिरहेको बताउनु भयो ।”


यस्तै निबर्तमान नगर प्रमुख धिरज शर्मा बस्यालले खेल क्षेत्रको चर्चा गर्दै बर्दघाटले राष्ट्रिय रुपमा राम्रा खेलाडी उत्पादन गरेको बताउदै बर्दघाट खेल क्षेत्रमा उर्वर भुमि रहेको बताउनु भयो ।


बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको नव युवा क्लबको आयोजना र बर्दघाट नगरको  संरक्षकत्व रहेको  सुर्य नगर गोल्डकपमा ८ वटा टिमको सहभागिता रहेको बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेशका महासचीव भिमकाजी गुरुङले बताउनु भयो ।