नित्यानन्द रत्नकुमारी मा.वि.को बार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

फाल्गुन १३, नवलपरासी,
नित्यानन्द रत्नकुमारी मा.वि. बर्दघाट १२ जहदाको ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८० सम्पन्न भएको छ ।


आज आइतबार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले त्यस विद्यालय बर्दघाट नगरकै जेठो बिद्यालय रहेको स्मरण गर्दै शैक्षिक सुधारको लागि सबैको सहयोगको अपेक्षा राखिएको र नगरपालिकाले गर्नुपर्ने सहयोग र जिम्मेवारीको लागि आफूहरु निरन्तर तयार रहेको बताउनुभयो ।


श्रेष्ठले शिक्षकहरुको दरबन्दी मिलान गर्दा त्यस विद्यालयलाई केही असर पर्न गएको बताउँदै त्यसो गर्नु आफूहरुको बाध्यता भएको र नगरले कहिले पनि पक्षपाति व्यवहार नगर्ने गरेको बताउनुभयो । श्रेष्ठले त्यस विद्यालयबाट शिक्षालाई प्रविधि मैत्री बनाउन डिजिटल बोर्ड सुरु गरिएको भन्दै विद्यार्थीलाई गुण्स्तरीय शिक्षा प्रदान गर्न सहयोगको लागि आफूहरु तयार रहेको बताउनुभयो ।


त्यस्तै कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले आफूहरुले कार्यकालको सुरुवातदेखि नै नगरको प्राथमिकतामा शिक्षा, स्वास्थ, कृषि र पर्यटनलाई राखेको भन्दै शैक्षिक विकास र शैक्षिक सुधारको लागि आफुहरु तत्पर रहेको बताउनुभयो ।
उहाँले शिक्षाको क्षेत्रमा आधारभुत कुरामै केही गर्नुपर्ने भएकाले नगरले त्यस विषयमा छलफल गरिरहेको बताउनुभयो । उपाध्यायले नेपालमा अध्ययन गरेर बिदेश जानुपर्ने समस्या समाधान गर्नुपर्ने भन्दै सिकाउने, टिकाउने र बिकाउने शिक्षाको लागि नगरपालिका सदैव साथमा रहेको बताउनुभयो ।


त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले शिक्षा सुधारको लागि अभिभावक, शिक्षक र विद्यार्थीको त्रिपक्षीय भुमिका रहने भन्दै अन्य देशको शिक्षाको क्षेत्रमा अपनाइएको असल अभ्यास अध्ययन गरेर लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।


बर्दघाट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष उमाशंकर चौधरीले बदलिदो समय अनुसारको शिक्षा आवश्यक रहेको भन्दै सिपमुलक शिक्षा आवश्यक रहेको बताउनुभयो । चौधरीले वडा कार्यालयले कक्षाकोठा निमार्ण गर्न २ लाख रुपैयाँ विनियोजन गरेको समेत बताउनुभयो ।


बर्दघाट प्रज्ञा प्रतिष्ठानका उप–कुलपति टिका पहारिले त्यस क्षेत्रकै पुरानो विद्यालयले शिक्षाको क्षेत्रमा धेरै योगदान गरेको स्मरण गर्दै आगामी दिनको लागि सुभकामना व्यक्त गर्नुभएको थियो ।


बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य दिप प्रकाश लोहनीले त्यस विद्यालय ध्वस्त हुन लागेको महसुस भएको भन्दै अभिभावकलाई विश्वास दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र काफ्लेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वराज भट्टराईले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।


विद्यालयकी शिक्षिका गोमा पाण्डे र शिक्षक देवेन्द्र चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।