दाउन्नेदेबी बहुमुखी क्याम्पसमा स्वागत एब बिदाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

फाल्गुन २० गते
नवलपरासी । बर्दघाट ०४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्यायन विद्यार्थीहरुलाई स्वागत र चौथो बर्षका विद्यार्थीलाई बिदाइ गरिएको छ ।


क्याम्पस सञ्चालक समिति सदस्य डालाराज पाण्डेले क्याम्पसको शैक्षिक गुणस्तर राम्रो रहेको बताउदै आगामी दिनमा समेत उच्च नतिजा ल्याएर क्याम्पसको उचाइ बढाउने बिश्वस व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नरेश खनालले स्नातक तह अध्ययनका लागी क्याम्पसलाई बिश्वास प्रथम बर्षमा भर्ना भएका विद्यार्थीको बिश्वासलाई टुट्न नदिने बताउनु भयो।  दाउन्ने देवी बहुमुखी क्याम्पसका प्राध्यापकहरु प्राध्यापकको रुपमा मात्रै नभई अभिभावकीय भुमिका खोल्ने बताउदै उच्च शिक्षा प्रदान गर्न र रोजगारीमा जोड्न समेत सहयोग  गर्ने खनालको भनाइ छ ।  कार्यक्रममा प्राध्यापक अर्जुन प्रसाद पाण्डे, विद्यार्थी सरोज चौधरी, जमुना डुम्रे, र इन्दु पाण्डेले बोल्दै शुभकामना दिनुभएको थियो ।


दाउन्ने देवी बहुमुखी क्याम्पस स्नातक दोस्रो र तेस्रो बर्षमा अध्यायनरत विद्यार्थीहरुले प्रथम बर्षका विद्यार्थीलाई स्वागत र चौथो बर्षका विद्यार्थीलाई बिदाइ कार्यक्रम गरिएको छ । स्नातक तह प्रथम बर्षमा बिबिएस र बिएडमा अध्यानरत करिब ८२ जना विद्यार्थीलाई स्वागत गरिएको स्नातक तह तेस्रो बर्षकि विद्यार्थी अस्मिता भुसालले जानकारी दिनुभयो । स्नातक तह चौथो बर्षमा अध्यायनरत  र स्नातक तह पास गरेका ६३ जना विद्यार्थीलाई बिदाइ गर्दै मायाको चिनो प्रदान गरिएको छ ।


बिदाइ हुनेहरुमा बि.बि.एस.मा ८१ दसमलब ६ प्रतिशत नतिजा ल्याउन सफल सरोज थारु र  बि.एड. चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल इन्दु पान्डे र जमुना डुम्रेलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।


क्याम्पसमा स्नातक तह तेस्रो तह अध्ययनरत अस्मिता भुसालको अध्यक्षाता र पदमा तिवारी अस्मिता बस्यालले कार्यक्रमको सञ्चालन गनु भएको थियो ।