नवलपरासीमा समुदाय सरकारी वकिल

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत २ गते

नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला सरकारी वकिलको कार्यालयले समुदाय गएर सरकारी वकिलको कार्यालयले अन्तरक्रीया गरेको छ ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने मुल नारा लिएर समुदायमा सरकारी वकिल अन्तरक्रीया सञ्चालन गरिएको  हो । सुस्ता गाउँपालिका, प्रतापपुर गाउपालिका, बर्दघाट नगरपालिकामा पुगेर सरकारी वकिलको कार्यालयबाट समुदायमा गएर अन्तरक्रीया सम्पन गरिएको सहायक जिल्ला न्यायधिवक्ता सुनिल लामिछानेले बताउनु भयो । ” जिल्लाका तीन वटा पालिकाहरुमा समुदाय स्तरमा नै अन्तरक्रीया गरीसकेका छौं ।
अबको केहि दिनमा नै सरावल गाउँपालिकामा सञ्चालन गर्ने तयारीमा छौं ।” लामिछानेले भन्नुभयो ।

सरकारी वकिल भनेको के हो, सरकारी वकिलले गर्ने कामहरु के-के हुन, कस्ता कस्ता मुद्दाहरु सरकारी वकिलको कार्यालयले हेर्छ भनेर आम समुदायमा जानकारी गराउने प्रमुख उद्देश्यका साथ समुदायमा सरकारी वकिलको कार्यालयले अन्तरक्रीया गरिएको जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डेले बताउनु भयो । मुलुकी फौजदारी कार्यबिधी सहिता २०७५ को अनुसूची १, २,३, र ४ मा रहेका ब्यवस्थासङ्ग सम्बन्धि मुद्दासङ्ग सम्बन्धि बिषय र सबिधानको धाराको  दफा १२७ मा गरिएको न्यायीक निकायको ब्यवस्था, स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ४६, ४७ र ४८ मा भएको ब्यवस्थाका बिषयमा रहेर अन्तरकृया केन्द्रिय गरिएको छ ।शुक्रवार बर्दघाट नगरपालिकामा भएको अन्तरक्रीयामा बोल्दै जनप्रतिनिधि र मेलमिलाप कर्ताहरुले जग्गा जमिन, बाल बिबाह, यौन जन्य मुद्दा,  न्यायापालिकाले गरेको निर्णयको कार्यान्वयन, मुद्दा दर्ता, बहुबिवाह, न्यायालयमा हुने प्रक्रियाका जस्ता बिषयहरु मा प्रश्न उठाउन गर्नु भएको थियो ।

अन्तरक्रीयामा बोल्दै जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डेले स्थानीय निकायले न्याय सम्पादक गर्दा प्राकृतिक न्यायको सिद्धान्तलाई ध्यान दिदै न्याय सम्पादक गर्नु पर्ने  बताउनु भयो । पाण्डेका अनुसार -” स्थानीय निकाय अर्थ न्यायीक निकाय भएकोले  न्याय सम्पादक गर्दा आधार र कारण खुल्लाएर निर्णय गर्नु पर्छ ।”