रुपन्देही एफएमको विशेष साधारणसभा हुने,संयोजकमा सापकोटा

प्रकाशित मिति:

भैरहवा,११ चैत । वाातावरण बचाउ आन्दोलनद्वारा सञ्चालित रुपन्देही एफएमको विशेष साधारण सभा हुने भएको छ । एफएमको भैरहवामा सम्पन्न सातौं साधारण सभा अधिवेशनले डा. रामप्रसाद बस्याल नेतृत्वको पुरानो सञ्चालक समिति विघटन गरी ६ महिनाभित्र विशेष साधारणसभा गर्न नारायणप्रसाद सापकोटाको संयोजकत्वमा ७ सदस्यीय कमिटी चयनन गरेको छ । जसको सदस्यहरुमा डा. रामप्रसाद बस्याल,डा. कपिलदेव लामिछाने,भरत पोखरेल, कुलप्रसाद न्यौपाने, श्रीबहादुर रायमाझी र उदय पौडेल रहेका छन् । साधारणसभामा रुपन्देही एफएम र बातावरण बचाउ आन्दोलनको सञ्चालक समिति एउटै बनाउने सहमति भएको छ भने एफएम रहेको भवनको छत लिजमा लिएर नेपाल चीन मैत्री समाजले तला थपेर भाडामा लिने सहमति भएको छ । संयोजक सापकोटाले रेडियो र वातावरण बचाउ आन्दोलनका सबै सदस्यले सकारात्मक सोचका साथ साथ दिएमा रेडियोलाई नयां उचाईमा पुराउने तथा टेलिभिजन प्रशारणसम्म जान सकिने बताए । सो अवसरमा निवर्तमान अध्यक्ष डा. बस्यालले प्रतिकूल अवस्थामा समेत आफुले व्यक्तिगत रकम खर्चेर रेडियोको प्रशारणलाई निरन्तरता दिएको बताए । डा. कपिल लामिछाने,पुर्व नगर प्रमुख हरि प्रसाद अधिकारी,लगायतले नयां टिमले रेडियो संगै टेलिभिजन र अनलाइन समेत सञ्चालन गर्ने गरी अघि बढेमा सफल हुन सकिने सुझाव राखेका थिए ।